बालकृष्ण शिवाकोटी मेमोरियल फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाव्यापी माध्यमिक स्तरीय कविता रचना तथा वाचन प्रतियोगिता गर्दै

0 1,424

१९ पुस, काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाव्यापी माध्यमिक स्तरीय कविता रचना तथा वाचन प्रतियोगिता आयोजन गर्ने भएको छ ।

बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेशनद्वारा २०७८ साल माघ २३ गते बसन्तपञ्चमीका दिन उपत्यकाव्यापी स्थलगत कविता लेखन तथा बाचन प्रतियोगिता कार्यक्रम आयोजना गर्न लागेको आयोजक बालकृष्ण शिवाकोटी मेमोरियल फाउण्डेशन अध्यक्ष शान्ता शिवाकोटीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि हुन् काठमाडौं उपत्यकाव्यापी माध्यमिक स्तरीय विद्यालयबाट एकजना छात्र र एकजना छात्रा गरी दुईजना सहभागी हुन सक्ने शिवाकोटीले बताउनुभयो ।

कार्यक्रम काठमाडौं नारायणटार स्थित ईष्टपोल माध्यामिक विद्यालयमा आयोजना हुने छ । कविता प्रतियोगितामा भाग लिने विद्यार्थीले यहि २०७८ साल माघ ७ गतेसम्म ईष्टपोल माध्यामिक विद्यालयको ईमेलमार्फत आफनो नाम दर्ता गराउनु पर्नेछ । इमेल ठेगाना [email protected] दर्ता गरानुपर्ने छ । भने कविता रचनाको लागी निम्न तीन शीर्षकमध्ये कुनै एक शीर्षकमा: मेरो देश, नागरिक दायित्व, मेरो सपना विषयमा रचना हुनुपर्ने आयोजकले बताउनुभयो ।


कविता प्रतियोगिता २०७८ साल माघ १४ गते शुक्रबारका दिन ईष्टपोल माध्यामिक विद्यालयको प्राङ्गणमा विहान ९ बजेदेखि १०।३० बजेसम्म स्थलगत लेखन हुनेछ । भने गद्य कविता भएमा १२५ शब्दसम्मको र पद्य भएमा बढीमा ५ श्लोकको हुनु पर्नेछ ।

पूर्वमूल्याइकनद्वारा छनोट भएका २० वटा कवितालाई माघ २३ गते वाचन सहित अन्तिम मूल्याइकन गरिने छ। भने मूल्याङ्कन समितिको निर्णय अनुसार प्रथम, द्वितीय र तृतीय गरी क्रमशः रु २०,०००।, रु १५,०००, रु १०,०००। नगद सहित प्रमाणपत्र प्रदान गरिने छ। सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.