Advertisement

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

0 333

Advertisement

१८ पुस, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गर्नुभएको हो ।

दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि गतिशील निर्माण सेवा हेटाँैडासँग ठेक्का सम्झौता भएको छ भने स्वास्थ्यचौकी भवन निर्माणका लागि राज कन्स्ट्रक्सन काठमाडौँसँग भ्याटबाहेक २१ लाख ८१ हजार २३५ मा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यसअघि वडा नं २, ३, ६, ७, ८, ९, १० र ११ को वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाहसमेत भइसकेकोे छ भने यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ ।

यस्तै वडा नं १ को भवनको निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी भवन पनि निर्माण हुने भएपछि सो वडामा स्वास्थ्यको दुईवटा भवन हुने भएको छ । यसअघि नै कानपुरको बोहोरेमा पनि ग्रामीण स्वास्थ्य केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको वडाध्यक्ष बुद्ध सिं तामाङले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.