Advertisement

स्वास्थ्यचौकीमा सिटामोल अभावः बिरामी मर्कामा

0 482

Advertisement

१८ पुस, सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासीको गुनासो छ ।

स्वास्थ्यचौकीमा औषधि पाइन छाडेपछि सर्केगाडका सर्वसाधारण्लाई सास्ती खेप्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) का विरामीका लागि पनि अत्यावश्यक औषधि मानिने सिटामोलको अभाव देखिएको छ भने ज्वरोका विरामीहरु औषधि नपाएर घर फर्किनु परेको अवस्था आइपरेको स्वास्थ्यकर्मीको भनाइ छ । स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् । सो स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ ।

पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा ज्वरोका बिरामी बढेका छन् ।

“केही औषधि पसलहरूले समेत सिटामोल आफ्नो नजिकको ग्राहकलाई दिन स्टक गरी राख्दा उपलब्धतामा थप समस्या देखिएको हो” स्वास्थ्यचौकीका अनमी बिजौरा शाहीले भन्नुभयो । व्यवस्थापनमा सरकारी निकायका कमजारीले देशभर जीवनरक्षक औषधि अभाव रहेको आरोप स्थानीयवासीको छ । “गाउँभरि सिटामोलको अभाव छ । स्वास्थ्य चौकीमा समेत सिटामोल छैन, उहाँले भन्नुभयो ।

गाउँपालिकाको दूरदर्शिता नभएकाले यो समस्या आएको स्वास्थ्यकर्मीको आरोप छ । सिटामोल जस्तो अत्यावश्यक औषधि नहुनुमा गाउँपालिकाले समयमै यसतर्फ ध्यान नदिनु मुख्य कारण भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

सो स्वास्थ्यचौकीमा अस्थायी साधनसँग सम्बन्धित पिल्सहरु पनि नभएको अनमी बिजौरा शाहीले बताउनुभयो । यसका साथै सलायन पनि नभएको उहाँको भनाइ छ । प्रायः टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्छलगायतका समस्या लिएर स्वास्थ्यचौकीमा आउनेहरु सिटामोल,

एमोसिलिनजस्ता औषधि नहुँदा थप समस्या बनाएको शाहीले बताउनुभयो । यस्तै हिउँदको समयमा दमका बिरामी स्वास्थ्यचौकीमा बढी आउने गरेको भए पनि उनीहरुलाई चाहिने आवश्यकपर्ने औषधिसमेत नभएको बताइएको छ ।

स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, औषधि अभाव हुँदा नागरिकको गाली आफूहरुले खानुपर्ने अवस्था आएको बताउनुभयो । उपचारका लागि आएका बिरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरे पनि नबुझेका केहीले गाली गर्नेको उहाँको भनाइ छ ।

स्वास्थ्यचौकीमा औषधि अभाव भए पनि आफूहरु नियमित कार्यालयमा आउने गरेको र उपचारका लागि यहाँ आउने बिरामीलाई औषधि छैन भन्दा उनीहरुले रिसाउने र गाली गर्ने गरेको उहाँले बताउनुभयो । औषधि अभाव हुँदा अहिले आफूहरुको काम कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र भएको उहाँको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.