Advertisement

एप्पलले आगामी आईफोनमा सिम कार्ड हटाउने र ईसिम प्रविधि मात्र प्रयोग गर्ने चर्चा

0 941

Advertisement

१४ पुस, एजेन्सी । प्रयोगकर्ताहरूलाई आईफोन एक्सएस लाइनको साथ ईसिम सेटअप गर्न दिएको केही वर्षपछि नै एप्पलले आईफोनको सिम कार्ड हटाउने र ईसिम प्रविधि मात्र प्रयोग गर्ने चर्चा छ।

गत हप्ता, ब्राजिलियन साइट ब्लगडूआईफोनबाट एउटा स्केचसहितको अफवाहले आईफोन १५ प्रो भौतिक सिम कार्ड स्लट बिना बजार पठाउने एक मात्र आईफोन मोडेल हुने बताएको थियो ।

कम्पनीले सन् २०२३ मा ल्याउने आईफोन १५ प्रोमा ईसिम मात्र हुने जानकारी दिएको थियो । तर अहिले फेरी नयाँ र्यूमर आएको छ, जहाँ कम्पनीले आगामी आईफोन १२ मा नै त्यस्तो सुबिधा दिने बताईएको छ।

त्यसपछि, म्याकर्यूमर्सले अज्ञात टिपस्टरबाट सूचित गरिएअनुसार एप्पलले प्रमुख अमेरिकी क्यारियरहरूलाई सेप्टेम्बर २०२२ सम्ममा ईसिम मात्र भएका स्मार्टफोनहरू लन्च गर्नको लागि तयारी गर्न सल्लाह दिएको बताएको छ। यसको अर्थ २०२२ मा आउने आईफोन १४ ईसिम प्रविधि प्रयोग गर्ने पहिलो मोडल हुन सक्छ।

यसका साथै भरपर्दो लीकर डिलनडिकेटी, जसले गत वर्ष एप्पल समुदाय भित्र प्रतिष्ठा निर्माण गरेको छ, उनले भौतिक सिम कार्ड ट्रे हटाउने सम्बन्धमा हालैका अफवाहहरूसँग सहमत भएको बताएका छन्। यद्यपि डिलनले यो २०२२ आईफोन लाइन वा २०२३ को आईफोन लाइन हो कि भनेर निर्दिष्ट गर्दैनन्।

जे भएपनि स्मार्टफोनबाट भौतिक सिम ट्रे हटाउँदा निर्माण परिप्रेक्ष्यबाट केही फाइदाहरू छन्। पहिलो, सिम ट्रे निकाल्ने र घुसाउने मेकानिजम अब उत्पादन गर्न आवश्यक पर्दैन र यसको अनुपस्थितिले भित्रको केही बहुमूल्य ठाउँ खाली गर्नेछ। एउटा कम पोर्टले फ्रेमको उत्पादनलाई सरल बनाउँछ र सिम ट्रे हटाउनाले स्मार्टफोनलाई फोनको भित्री भागमा पानी र धुलो पस्नबाट रोक्न सजिलो बनाउँछ।

यदपी हामी अर्को पुस्ताको आईफोनबाट कम्तिमा दस महिना टाढा भएकाले धेरै कुरा परिवर्तन हुन सक्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.