Advertisement

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

0 247

Advertisement

१० पुस, दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो ।

विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो ।

कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाइएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यमा पाइपलाइनबाट अक्सिजन पु¥याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो । अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमासहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.