Advertisement

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

0 300

Advertisement

२८ मंसिर, जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ । महोत्तरीमा विगत दुई÷तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.