Advertisement

राप्रपा अध्यक्षमा अग्रता बढाउँदै लिङ्देन

0 540

Advertisement

१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनको मतगणना सुरू भएको छ।

पछिल्लो मतगणना अनुसार अध्यक्षका उम्मेद्वार राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ६०० मत गणना हुँदा लिङ्देनले ३०० मत पाउँदा अध्यक्षका अर्का प्रस्यासी कमल थापाले २२९ मत पाएका छन्। यस्तै ७१ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

सुरूबाटै अग्रता लिएका लिङ्देनले आग्रता बढाउँदै लगेका छन्।

निर्वाचन समितिका राजु बस्नतेका अनुसार कागजी मतपत्रबाट मतदान भएको अध्यक्ष पदका लागि मतगणना प्रक्रिया केहीबेर अघि सुरू भएको हो।

अध्यक्षको मत परिणाम आएपछि मात्र अन्य नतिजा सार्वजनिक गरिने उनले बताए।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

सात सह-महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित २५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ। पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, दिलविकास राजभण्डारी, र दुर्गा श्रेष्ठको उम्मेदवारी परेको छ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्ती शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ।

राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए।

४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधि मध्ये ५०६ जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।

शनिबार बिहान ११ बजेबाट सुरू भएको मतदान आइतबार बिहान १ बजे सकिएको थियो। अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.