Advertisement

राप्रपाका कार्यकर्ता नेताको मान्छेको रुपमा होइन, पार्टीको कार्यकर्ता भएर चिनिन्छन् : राजेन्द्र लिङ्देन

0 607

Advertisement

१८ मंसिर, काठमाडाैँ । राप्रपाको जारी महाधिशेनमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले महाधिवेशनपछि राप्रपाका कार्यकर्ता नेताको मान्छेको रुपमा होइन, पार्टीको कार्यकर्ता भएर चिनिने बताएका छन्।

‘टुटफुटको शृंखलाबाट यो पटकबाट राप्रपाले मुक्ति पाउँछ’, शनिबार महाधिवेनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म राप्रपाका कार्यकर्ता पार्टीको भन्दा नेताको मान्छेको रुपमा चिनिने अवस्था थियो। अब महाधिवेशनपछि व्यक्तिसँग जोडिने पहिचान समाप्त भएर राप्रपाको कार्यकर्ता भएर जान्छन्।’

उनले उद्देश्य एउटै भएता पनि कार्यशैली र रणनीतिको कुरा फरक भएकोले अध्यक्षमा प्रतिस्पर्धा भएको बताए। ‘नयाँ नेतृत्वलाई लिएर अगाडि जानुपर्छ।

राप्रपा खिइएको नेतृत्वको कमजोरीको कारणले हो भन्ने हाम्रो निष्कर्ष छ’, उनले भने, ‘त्यस्तै, अहिलेसम्मको नेतृत्वकोचाहिँ यस्तै हुनुपर्ने हो, हामी गरेर देखाउँछौं भन्ने छ। त्यसका हामी सहमत हुन सकेनौं।’ लिङ्देनले यसपटक अध्यक्षमा कमल थापालाई चुनौती दिएका छन्। थापा लामो समयदेखि राप्रपाका अध्यक्ष छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.