Advertisement

उपल्लो डोल्पाको विद्यार्थीहरुको लागि ज्योति विकास बैंकको सहयोग

0 380

Advertisement

१७ मंसिर, डोल्पा । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को “प्रोजेक्ट ज्योति” मार्फत् दुई लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङ लाई सो रकम प्रदान गरेका थिए।

एच डी आई ले सो रकम बाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ। सो बत्तीहरूले विधुतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।

प्रोजेक्ट ज्योति नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ। सो पावर वालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ। एच डी आई नेपालका हिमाली क्षेत्रका जनताका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने गैर सरकारी संगठन हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष​ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ​।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.