Advertisement

दल दलमा राष्ट्रपतिको अफर, दलका महाधिवेशनभित्र पद बाँफाटँ

0 834

Advertisement

१७ मंसिर, काठमाडौं । संविधानले राष्ट्रपति पदलाई राष्ट्राध्यक्षमात्र होइन, राष्ट्रिय एकता धरोहरका रुपमा सम्मान गरेको छ । तर दलका महाधिवेशनभित्र पद बाँफाटँ मिलायन नेताहरुले आगामी राष्ट्रपति पद दिने आश्वासन बाँडिरहेका छन् ।

यसरी राष्ट्रको सबैभन्दा गरिमामय पद दलहरुको आन्तरिक प्रतिस्पर्धामा सबैभन्दा सस्तो आश्वासन भएको छ । भर्खरै चितवनमा सम्पन्न एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङलाई राष्ट्रपतिको आश्वासन थियो । अध्यक्ष केपी ओलीले उनलाई राष्ट्रपतिको आश्वासन दिएर उपराष्ट्रपतिमा सीमित गरेको एमालेकै नेताहरुले बताएका छन् ।

‘राष्ट्रपतिको आश्वासन अमूर्त हो, पार्टीको नेतृत्व मूर्त हो । म पार्टीकै नेतृत्वका लागि तयार छु भनेर नेम्वाङले आफ्नो भनाइ राख्नुभयो तर अध्यक्ष ओलीको निर्णय अगाडि उहाँको केही लागेन,’ एमाले स्रोत भन्छ । एक सातापछि हुने कांग्रेस महाधिवेशनमा सभापतिसमेत रहेका प्रधानमन्त्रीमा सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आफ्नो विजय सुनिश्चित गर्न उनको विकल्प खोज्ने समूहलाई साझा उम्मेदवार खोज्न सकस छ ।

त्यसैले दुवै पक्षका नेताले राष्ट्रपति पदलाई आ(आफ्नो स्वार्थको पुल बनाउन खोजिरहेका छन् । आफूलाई सहयोग गर्ने सर्तमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रिपति दिन देउवा तयार भएको निकट स्रोतको भनाइ छ । केही समउअघि त्यस्तो प्रया िदेउवानिकट केही नेताले गरेका थिए तर त्यसमा सहमति भएको छैन ।

कान्तिपुर



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.