Advertisement

पर्यटकीयस्थलमा धमाधम पूर्वाधार निर्माण

0 416

Advertisement

१६ मंसिर, गलेश्वर । म्याग्दीका पर्यटकीयस्थलमा पछिल्लो समय धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पर्यटकीयस्थलको प्रचारप्रसारले तीव्रता पाएसँगै पर्यटक आगमन पनि बढ्दै गएको छ ।

बेनी नगरपालिकाको ऐतिहासिक ज्यामरुककोट, पुलाचौरपछै र सिङ्गा तातोपानी, मालिका गाउँपालिकाको देविस्थान, मङ्गला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरालगायत पर्यटकीयस्थलमा पूर्वाधार निर्माण भइरहेको छ । पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकास भएको मालिका गाउँपालिका–५ देवीस्थानस्थित गाईखर्क ताल पुग्ने सडक निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित रु दुई लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा उक्त सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिनुभयो । देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७५० मिटर सडक निर्माण गरिएको छ । पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको सो तालको पर्यटन प्रवद्र्धन गर्न मोटरबाटो निर्माण गरिएको वडाध्यक्ष पिपला बुढाथोकी मगरले बताउनुभयो ।

ताल अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयले बजेट विनियोजन गरी मन्दिर निर्माण थालेको छ । गाउँपालिकाभित्रका पर्यटकीयस्थलमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको अध्यक्ष श्रीप्रसाद रोका मगरको भनाइ छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुई होमस्टे सञ्चालन गरिएको छ ।

बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिकस्थल खड्गभवानी कोत परिसरलाई समेत पर्यटकीयस्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको रु १४ लाख ९९ हजार तथा उपभोक्ताको रु तीन लाख ६५ हजार बराबारको श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माणपछि कोतमन्दिर पुग्न सहज भएको छ ।

चालू आवमा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको बजेटबाट २५० मिटर, गतवर्ष पर्यटन बोर्डको बजेटबाट ५६ मिटर र बेनी नगरपालिकाको बजेटमा ७६ मिटर पदमार्ग निर्माण गरिएको थियो । ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोटसँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो ।

मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनलाई गलेश्वरहुँदै ज्यामरुककोत र यहाँदेखि बागलुङको पञ्चकोट पु¥याउन सके पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताइएको छ ।

खड्ग भवानीकोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा चुरेनलगायत हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका विभिन्न स्थल, गलेश्वर, पञ्चकोट, बेनी, पर्वतको कुश्मा, कालीगण्डकीको नागबेलीसहितको दृश्यावलोकन गर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.