Advertisement

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

0 454

Advertisement

१५ मंसिर, काठमाडौं । बैकिङ्ग क्षेत्रमा प्राविधिक तहमा अग्रणी रूपमा रहेको लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । #DigitalDecember नाम गरिएको सो योजना ले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ ।

यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।डिजिटल डिसेम्बरको यस संस्करण QR भुक्तानी को प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई QR भुक्तानी गर्न र व्यवसायी हरुलाई QR बाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।

यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली त्तच् व्यवसायीहरुले ५ हजार रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली त्तच् भुक्तानी गर्नुहुने ग्राहकले पाँच सयसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् । साथै यस योजना को अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत एक हजार रुपैयाँ भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५ सय रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् ।

साथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्नुहुने सबैले एक महिना सो सेवा निशुल्क पाउनेछन् । डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने छ। थप जानकारीका लागी लक्ष्मी बैंक को सामाजिक सञ्जालहरु हेर्न सक्नेछन् भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सक्नेछन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.