Advertisement

नेप्सेको निलम्बन सूचीमा ३४ कम्पनी, सर्वसाधारणको रकम बन्धक

0 291

Advertisement

१५ मंसिर, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७७ असोज ६ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । समाज लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाइ यस संस्थाले स्वस्तिसँग मर्जर सम्झौता गरेको थियो ।

अर्थात यहाँ सर्वसाधारणको समेत लगानी थियो । सूचीकृत हुने वित्तिकै मर्जर सम्झौता भएकाले नेपाल स्टक एक्सचेञ्जले समाजको शेयर कारोबार बन्द गरिदियो । स्वस्तिकले भने सर्वसाधारणका लागि शेयर जारी गरेको थिएन । समय वित्दै जादा यी दुई कम्पनीहरूबीच मनमुटाव भयो अनि मर्जर भाडियो ।

लामो समय मर्जर सफल हुन नसक्दा यस कम्पनीमा लगानीकर्ताहरुको पुँजी भने बन्धक भएर बस्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिले पनि समाज लघुवित्तको शेयर कारोबार बन्द नै रहेको छ । मर्जर सम्पन्न भएपछिमात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

मर्जर सम्झौता भएपछि शेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना हुन्छ । यसकारण पनि मर्जर सम्झौता भए लगत्तै नेप्सेलाई कम्पनीले जानकारी गराउनु पर्ने र सूचीकृत शेयरको सबै कारोबार रोक्का हुने व्यवस्था छ । कम्पनीका सञ्चालकहरूको आन्तरिक कलहले गर्दा समाज र स्वस्तिकको मर्जर हुन सकेन जसको मारमा भने सर्वसाधारण लगानीकर्ता परे ।

तर यसरी सर्वसाधारणको रकम बन्धक बनाउने कम्पनी यो मात्रै भने होइन । समाजभन्दा धेरै ठूला कम्पनीहरूको कारोबार नेप्सेमा रोक्का छ, जसको कारण सर्वसाधारणहरुले खर्बौ रकम बन्धक भएर बसेको छ ।

दुई ठूला वाणिज्य बैंकका लगानीकर्ताहरु पनि यसरी नै फसकेका छन् । सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्म हरेक दिन शेयर बजार खुला हुन्छ ।

आफूसँग भएको शेयर बिक्री गरेर लगानीकर्ताले गर्जो टार्न सक्छन् । तर यसरी लामो समय कारोबार रोक्का हुँदा सर्वसाधराणहरू मारमा परेका छन् । त्यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक ।

हिमालयन बैंकको बजार पुँजीकरण ५१ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्टको ६६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अर्थात यी दुई बैंकको मर्जरको काम अलपत्र पर्दा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँभन्दा ठूलो पुँजी शेयर बजारमा बन्धक भएर बसेको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेमा ३४ कम्पनीहरूको शेयर कारोबार रोक्का रहेको छ । ३४ कम्पनीहरुमा दुई वाणिज्य बैंक, एउटा विकास बैंक, एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, पाँच फाइनान्स कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, दुई हाइड्रोपावर, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् ।

शेयर कारोबार रोक्का हुनुको कारण भनेको प्रमुख दुई वटा मात्रै छन्, एउटा-मर्जर सम्झौता, दोस्रो-सूचीकरण शुल्क नबुझाउनु । कहिले काहीँ सूचीकरण नियमावली अनुसार काम नगर्ने कम्पनीहरुलाई स्पष्टिकरण सोधेर पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ । तर यस्तो रोक्का भने लामो समयका लागि हुँदैन ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले सूचीकृरण नियमावली अनुसार वार्षिकरुपमा सूचीकरण शुल्क बुझाउनु पर्छ । ५० करोड रुपैयाँसम्म पुँजी भएकाहरूले ५० हजार र त्योभन्दा माथि भुक्ता पुँजी भएका कम्पनीहरूले वार्षिक एक लाख रुपैयाँ तिर्नु पर्ने व्यवस्था रहेको प्रवक्ता पराजुली बताउछन् । यो शुल्क ततिरेका कारण याक एण्ड यति, फिल्म डेभलपमेन्ट कम्पनीलगायतका शेयर कारोबार रोक्का राखिएका छन् ।

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी भने टाट पल्टेको कम्पनी हो । टाट पल्टेर लगानी सबै डुबेपछि नेप्सेले कारोबार रोक्का राखिदिएको लामो समय भइसकेको छ । अर्को याक एण्ड यति होटलले पनि सूचीकरण शुल्क बुझाएको छैन । खासमा यो होटलले सूचीकरणबाट हट्न (डिलिस्टिङ हुन) खोजेको छ । अन्य केही कम्पनीहरुले यस्तो चाहेको प्रवक्ता पराजुली बताउँछन् । डिलिस्टिङ गर्दा अरु समस्या हुन सक्ने भएकाले कारोबार रोक्का राखिएको उनले बताए ।

यस अघि नेप्सेले विराटनगर जुट मिलको डिलिस्टिङ गरेको थियो । त्यसपछि कम्पनीले सम्पत्ति बिक्री मनपरी ढंगले गर्यो । अन्य कारोबारहरू पनि गर्‍यो । ‘डिलिस्टिङ’ गर्दा आफूखुसी काम कारबाही गर्ने मौका पाउँछन्, तर कारोबार नै रोक्का राखिदियो भने त्यो हुँदैन’ प्रवक्ता पराजुली भन्छन् ।

पुँजी चलायमान हुन दिनुपर्छ

नेप्सेमा सूचीकृत कम्पनीहरूले मर्जरका लागि ढिलाइ गर्दा लगानीकर्ताहरूले आफ्नो पुँजी परिचालन गर्न पाउँदैनन् । यसले व्यक्तिको पुँजी परिचालन क्षमता कमजोर हुनेमात्रै होइन बजारलाई समेत नकारात्मक असर गर्ने लगानीकर्ताहरू बताउँछन् ।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार भएर मर्जरमा गएका संस्थाहरूको कारोबार रोक्का गर्नु नै गलत भएको नेपाल इन्भेष्टर्स फोरमका महासचिव दुर्गात तिवारी बताउँछिन् ।

मर्जरका कारण आफ्नै सम्पत्ति समेत रोक्का भएको अनुभव सुनाउँदै महासचि तिवारी भन्छिन्, ‘तीन वटा माइक्रोफाइनान्समा मेरै पनि बन्धक भएको छ, शेयर किनबेच गर्न पाउने भए त्यो रकमले म केही न केही गरिसक्थे ।’ यसरी सर्वसाधारणको पुँजी बन्धक हुन नदिनका लागि मर्जर पक्का भएपछि केही समयका लागि मात्रै कारोबार रोक्का हुनुपर्ने उनको भनाइ छ । यो विषयमा धेरै पहिलेदेखि आफूले आवाज उठाइरहेको भएपनि माग पुूरा नभएको उनले बताइन् ।

उनका अनुसार पहिले पहिले यसरी कारोबार रोक्का गरिएको शेयर धितोमा ऋण समेत पाइँदैन थियो । त्यो भने अहिले सुधार भएर ऋण भने उपलब्ध हुने नीति छ । ‘ऋण उपब्लध हुने नीति त छ तर बैंकले तरलता समस्याका कारण ऋण दिन सक्दैनन्, पुँजी बन्धक भएर बसेको छ’ उनले भनिन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.