Advertisement

सर्वोत्तम प्रकरणले ‘बुक बिल्डिङ’ नै अलपत्र, हच्किए कम्पनी !

0 403

Advertisement

१४ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण विवादमा परेपछि बजारले मूल्य निर्धारण गर्ने विधि (बुक बिल्डिङ) नै अवरुद्ध भएको छ । शेयर जारी नहुँदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेजका पदाधिकारीकै परिवारको सदस्यले शेयर किनेको भेटिएपछि सर्वोत्तम सिमेन्टको शेयर कारोबार विवादमा परेको थियो ।

छोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नै सरकारले बखास्त गर्‍यो भने, पत्नीको नाममा शेयर खरीद गरेको भेटिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत निरज साउदले राजीनामा दिए ।

ढुंगानाको बर्खास्तीपछि धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया अगाडि बढाएको छैन । सर्वोत्तम सिमेन्टबाहेक अरु कम्पनीले पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएका थिए । तर सर्वोत्तमको विवाद सतहमा आएपछि उनीहरु यो प्रक्रिया शुरु गर्न अग्रसर देखिएका छैनन् ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अहिले सर्वोत्तम सिमेन्टको बिक्री प्रवन्धकले नै प्रक्रिया अघि बढाउन चासो नदिएको बताए । नियम अनुसार बुक बिल्डिङ मार्फत शेयर कारोबारका लागि आफूहरु तयार रहेको उनले जानकारी दिए ।

नयाँ पब्लिक कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्ने दुई तरिका छ । एउटा अंकित मूल्य अर्थात प्रतिशेयर रु १०० मूल्य राखेर शेयर जारी गर्ने ।

अर्को बुक बिल्डङ प्रक्रिया । बुक बिल्डिङ अन्तर्गत सय रुपैयाँमात्रै होइन आईपीओको मूल्य निर्धारण गर्न बजारलाई अख्तियारी दिइन्छ ।

बजार भन्नाले यो प्रक्रियामा सहभागी हुने संस्थागत लगानीकर्ताहरु हुन् । बजारबाटै मूल्य निर्धारण हुँदा धेरै राम्रा कम्पनीहरुले सर्वसाधारणका लागि शेयर जारी गर्न उत्साहित हुने बोर्डको विश्वास थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको एक सिमेन्ट कम्पनी र उद्योगी पवनकुमार गोल्यानको एक कम्पनीले बुक बिल्डङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएको थियो । अनौपचारिक रुपमा यी दुबै उद्योगीहरुको कुरा धितोपत्र बोर्डसम्म पुगेको थियो ।

तर आधिकारिक रुपमा भने कुनै प्रस्ताव नपुगेको बोर्डका कार्यकारी निर्देशक गिरी बताउँछन् । ‘अनअफिसियल्ली त कुरा दुवै उद्योगीका कम्पनीहरुको कुरा इश्यू म्यानेजरबाट आएको थियो, तर अफिसियल्ली रुपमा भने आएको छैन’ अनलाइनखबरसँग गिरीले भने ।

नेप्से र बोर्ड नै नेतृत्वविहीन

सर्वोत्तम सिमेन्टको खरीद प्रकरणमा विवादमा परेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजनीनामा थिए । बोर्ड अध्यक्ष ढुंगानालाई सरकारले बर्खास्त गर्‍यो । नियामक निकाय बोर्ड र बजार चलाउने नेप्से नै नेतृत्वविहीन भन्दा पनि अहिले समस्या देखिएको छ ।

यी दुवै संस्थामा सरकारले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाए पनि नियुक्ति गर्न सकेको छैन । यसले गर्दा धेरै कामहरु अवरुद्ध भएको नेपाल मर्चेन्ट बैंकर एशोसिएसनका महासचिव पारसमणि ढकाल बताउँछन् ।

ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढकाल सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रिया अवरुद्ध हुनुको कारण पनि यही भएको बताउँछन् ।

उनका अनुसार बुक बिल्डिङ प्रक्रिया अन्तर्गत नेप्सेमा एउटा समझदारी गरेर धितोपत्र बोर्डमा जानुपर्ने प्रावधान छ । नेप्सेका सीईओ नै नहुँदा त्यो सम्झौता हुन सकेको छैन । दुवै संस्थामा नयाँ नेतृत्व आएपछि प्रक्रिया अघि बढ्ने उनले बताए ।

बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्ने तयारी गरेको गोल्यान समूहको रिलायन्स स्निपिङ मिलको बिक्री प्रवन्धक पनि ग्लोबल आईएमई क्यापिटल नै हो ।

ढकालका अनुसार अन्य केही कम्पनीहरु पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छुक रहेका छन् । तर सर्वोत्तमको शेयर खरीद प्रकरण र दुवै संस्था नेतृत्वविहीन हुँदा प्रक्रिया शुरु गर्न हच्किएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.