Advertisement

शेयर बजारमा ‘प्यानिक सेल’, नेप्से परिसूचक उच्च अंकले घट्यो

0 361

Advertisement

१२ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ ।

समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९ अंकले घछटेर २ हजार ६ सय ५१ दशमलव ४९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव १९ अंकले घटेको छ । ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको छ ।

मौद्रिक नीतिको समीक्षमा शेयर धितो कर्जामा राष्ट्र बैंक लचक हुने अपेक्षा शेयर लगानीकर्ताको थियो । तर राष्ट्र बैंकले समीक्षामा शेयर बजारको विषयमा केही बोलेन । अनपेक्षित रुपमा मौद्रिक नीतिको समीक्षा आएपछि लगानीकर्ताहरुले आत्तिएर शेयर बिक्री (प्यानिक सेल) गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.