Advertisement

टोलटोलमै पुगेर योजना सम्झौताः उपभोक्तामा खुशीयाली

0 307

Advertisement

११ मंसिर, बलेवा । जिल्लाको काठेखोला गाउँपालिकाले चालू आर्थिक वर्षका योजना पुस मसान्तसम्म सक्नेगरी काम थालेको छ ।उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने सम्झौता हुन बाँकी रहेका योजना खोजीखोजी सम्झौता गर्न थालिएको हो । गाउँपालिकाका प्राविधिकसहितको समूह गाउँगाउँमा पुगेर उपभोक्तालाई अनुशिक्षण तथा योजना सम्झौता गरिरहेको अध्यक्ष अमर थापाले बताउनुभयो । गाउँपालिकामा आर्थिक वर्ष २०७८-०७९ का लागि १५० योजना सम्झौता भइसकेका छन् । वडा तहमा सम्झौता भएका केही योजना अध्यावधि गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाअन्तर्गत २७९ योजनामध्ये मङ्सिरको पहिलो सातासम्म १५० योजना सम्झौता भएर कार्यान्वयन अघि बढेको योजना शाखाले जनाएको छ । “निर्वाचनको वर्ष हो, पुसपछि निर्वाचनको माहोल हुन्छ, योजनका काम गर्न कठिन हुनसक्छ”, गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, “नीतिगत बाध्यता होइन व्यवहारिकता हेरेर योजनाका काम छिटो सकौँ भनेका छौँ ।” हिउँद महिनामा काम गर्दा कामका लागि असार मसान्त कुर्नु नपर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत आर्थिक वर्षको तुलनामा यस वर्ष योजनाको काम छिटो थालेको र काम पनि भइरहेको जनाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत हुने योजनाको वडामै पुगेर सम्झौता गर्ने गरेको छ । गाउँपालिकाले यस वर्ष छ वटा वडामा पुगेर योजना सम्झौता गरिसकेको छ । “ वडा नं २, ४, ५, ६, ७ र ८ पुगेर योजना सम्झौता गरिसकेका छौँ”, प्राविधिक शाखाका प्रमुख विनोद शर्माले भन्नुभयोे, “वडा नं १ र ३ मा पनि पुगेर योजना सम्झौता गर्ने तयारी भइसकेको छ ।”

समयमै यौजनाको सम्झौता हुँदा आर्थिक वर्षको अन्त्यतिर पूँजीगत खर्च बढ्ने पुरानै प्रवृत्तिको अन्त्य हुने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाबाट खटाइएका कर्मचारी टोलीले समयमै काम सक्न सम्बन्धित योजना सञ्चालन हुने क्षेत्रमा टोल भेला गरेर उपभोक्ता समिति गठन र योजना सम्झौता गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको गाउँपालिकाले विभिन्न विषयगत कार्यालयमार्फत सञ्चालन हुने योजनाका लागि पनि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । ‘एक वडा एक उत्पादन’ नीति बनाएर काम शुरु गरिएको गाउँपालिकाले किसानले प्रतिफल लिनेखालका कार्यक्रम तय गरेर योजना सञ्चालन गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो । टोलटोलमै पुगेर योजना सम्झौता गर्दा उपभोक्तामा उत्साह देखिएको उहाँको भनाइ छ । “टोलटोलमै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता खुशी छन्”, उहाँले भन्नुभयो, “कर्मचारीसहितको टोलीले टोलटोलमै योजना सम्झौताको काम गर्ने भएकाले यसका लागि उनीहरुलाई गाउँपालिकाको कार्यालयमा जानु पर्दैन् ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.