सीईले ५ अर्ब लगानीमा पोखरामा ‘मिक्स्ड रियल इस्टेट’ ल्याउँदै, होटलदेखि हाउजङसम्म एकैठाउँमा

0 2,209

११ मंसिर, काठमाडौं। पछिल्लो एक दशकयता सबैभन्दा धेरै हाउजिङ-अपार्टमेन्ट परियोजना ल्याएको रियल इस्टेट कम्पनी सीई कन्स्ट्रक्सनले पोखरामा झण्डै पाँच अर्ब रुपैयाँ लगानी गरेर दुईवटा हाउजिङ परियोजना ल्याउने भएको छ।

सीईले पोखराको लेकसाइडमा ‘लेकभ्यू अपार्टमेन्ट’ र चौथेमा एचजी भेन्चरसँगको सहकार्यमा छुट्टाछुट्टै घरको ‘फेवा प्रिन्स रेसिडेन्सी’ गरी दुईवटा आवास परियोजना ल्याउन लागेको हो। फेवा प्रिन्स रेसिडेन्सी भएको स्थानमा भने कमर्शियल सेन्टरसहित होटल र अपार्टमेन्ट पनि निर्माण गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ।

चौथेमा ल्याउन लागिएको परियोजनाअन्तर्गत होटल तत्काल निर्माण गर्ने/नगर्ने टुंगो नभए पनि अन्य रियल इस्टेट प्रोपर्टीहरु ल्याउने गरी योजना अघि बढेको सीईका बिजनेश डेभलपमेन्ट म्यानेजर सुजन घिमिरेले बताए।

पहिलो चरणमा लेकभ्यू अपार्टमेन्ट र फेवा प्रिन्स रेसिडेन्सी निर्माण गर्ने गरी सीईले आज (मंसिर १० मा) परियोजना लञ्च गरेको छ। यसमध्ये लेकभ्यु अपार्टमेन्टको अनुमानित लागत एक अर्ब ५० करोड रुपैयाँ र फेवा प्रिन्स रेसिडेन्सीको तीन अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

लेकभ्यू अपार्टमेन्टमा बन्ने एकाइहरुको बिल्टअप एरिया ५१० वर्गफीटदेखि १४९३ वर्गफीटसम्म रहनेछन्, जसको मूल्य एक करोड २८ करोडदेखि तीन करोड ४३ करोड रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ।

सीईले पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै र अहिले फेवा प्रिन्स होटल रहेको स्थानमा फेवा प्रिन्स रेसिडेन्सी निर्माण गर्न लागेको हो। विद्यमान होटलको संरचना भत्काएर उक्त परियोजना निर्माण हुनेछ।

यस्तै, चौथेमा विकास हुने फेवा प्रिन्स रेसिडेन्सीमा कुल ३० वटा घरहरु हुनेछन्। चार आना एक पैसादेखि ६ आना तीन पैसासम्मको प्लटमा पाँच प्रकारमा घरहरु बन्ने कम्पनीले जनाएको छ।

यस परियोजनाको कुल २५ रोपनी जग्गामध्ये ५ देखि ६ रोपनीमा व्यवसायिक संरचना, १० देखि १२ रोपनीमा हाउजिङ र बाँकी चार रोपनी जग्गामा अपार्टमेन्ट निर्माण हुने बताइएको छ। अपार्टमेन्टको डिजाइनलगायतका प्राविधिक पक्षहरु भने टुंगिन बाँकी नै रहेको छ।

यो अपार्टमेन्ट परियोजना ५९ आना जग्गामा हुनेछ। यसमा कम्तिमा ५५ देखि ६० एकाइ बन्नेछन्। त्यसमा स्टुडियो अपार्मेन्टसहित एक, दुई र तीन बेडरुमका एकाइहरु हुने कम्पनीले जनाएको छ। अपार्टमेन्टमा हेल्थ क्लब, स्वीमिङ पुलदेखि कम्युनिटी भवन लगायतका सामुदायिक सुविधा समेत रहने बताइएको छ।

यसअघि सीईले उपत्यकाबाहिर लुम्बिनीमा ‘द हब’ नाममा मिनी सहरको अवधारणामा वृहत परियोजनाको पनि निर्माण सुरु गरिसकेको छ। पूर्वी नेपालको विराटनगरमा पनि कम्पनीले स्थानीय व्यवसायीसँगको साझेदारीमा हाउजिङ परियोजना बनाइरहेको छ।

ती परियोजनातर्फ समेत इंकित गर्दै सीई समूहका अध्यक्ष विजय राजभण्डरीले पोखराको यस परियोजनाका सन्दर्भमा भने,’काठमाडौंमा मात्रै परियोजना निर्माण गर्न जग्गा पर्याप्त नभएकाले सीई अब ‘टेरिटोरियल एक्स्पान्सन’ अर्थात् क्षेत्रीय विस्‍तारमा केन्द्रित भएको छ।’ व्यवस्थित आवासको संस्कृति देशका अन्य भागहरुमा पनि विस्तार गर्दै लैजाने रणनीति अनुरुप पोखरामा परियोजना ल्याएको राजभण्डारीले बताए।

‘हामीले पोखरा, विराटनगर, बुटवल-भैरहवालगायतका स्थानहरुमा रियल इस्टेट परियोजनामा काम गर्दैछौं। पोखरामा अलिकति ठूलो स्तरमा छिटो प्रडक्ट ल्याउने गरी हामी परियोजना निर्माणमा जुटेका छौं,’ उनले भने।

अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले बस्ती बाक्लो बन्दै जाने भएकाले टाउनशीपको अवधारणामा पोखरामा रियल इस्टेट प्रडक्ट विकासमा लगेको उनले बताए। पोखरामा पनि निकट भविष्यमा काठमाडौंको जस्तो जग्गा पाउन मुश्किल हुने भएकाले अहिले हाउजिङ, अपार्टमेन्ट र व्यापारिक सेन्टर निर्माण गर्न लागेको उनको भनाइ छ।

सीईले पोखरामा ल्याउन लागेका दुवै परियोजना मंसिर १० मा सार्वजनिक गर्नुअघि नै त्यसमा बन्ने घर तथा अपार्टमेन्टहरु भने सबै भइसकेको दाबी गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.