Advertisement

सामान्य अंकले बढ्यो नेप्से, नेपाल दूरसंचारको सर्वाधिक सेयर कारोबार

0 557

Advertisement

०८मंसिर, काठमाडाैँ । सेयर कारोबारको अघिल्लो दिन अर्थात् मंगलबार ३२.३१ अंकले घटेको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ। यसदिन १.८९ अंकले बढेर २७ सय ३५ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से बढेसँग कारोबार रकम पनि बढेको छ। यसदिन २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँमा कारोबार भयो।

मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर ४ अर्ब १६ करोड मूल्य बराबरमा खरिदबिक्री भएको थियो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ३ बाहेक अरुको सेयर मूल्य बढेको छ। बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्युरेन्सको सेयर मूल्य घटेको हो। बैंकिङको ०.४, ट्रेडिङको १.२८ र इन्स्युरेन्स समूहको ०.४१ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो।

यस्तै बुधबार फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक १.४१ प्रतिशतले बढेको छ। बाँकी अरु समूहको ०.७७ अंकसम्मले बढेको छ। मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक र पञ्चकन्या माइ हाइड्रोपावरको ६ प्रतिशत बढीले मूल्य बढेको छ।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २६ करोड १५ लाख रुपैयाँ बराबरमा सेयर खरिदबिक्री भयो। यस्तै, १८ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरमा सेयर कारोबार गरेर आइसीएफसी फाइनान्स दोस्रो स्थानमा रह्यो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.