Advertisement

धौलागिरि बहुमुखी क्याम्पसमा थपियो छात्रावास सुविधा

0 529

Advertisement

०८ मङ्सिर, गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको सुविधा थप भएको छ । यसअघि छात्रहरुका लागि मात्रै आवासीय सुविधा दिँदै आएको क्याम्पसले हालै सुविधासम्पन्न छात्रावास निर्माण सम्पन्न गरेको छ ।

सरकारी क्याम्पसका रुपमा रहेको सो क्याम्पसमा साबिक धौलागिरि अञ्चलको बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीहरु स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्दै आएका छन् । बाहिरी जिल्लाबाट आएर कोठा भाडा तिरेर अध्ययन गर्ने विद्यार्थीका लागि लक्षित गरी छात्रावास तयार गरिएको क्याम्पसले जनाएको छ ।

कोठा भाडामा बसेरसमेत अध्ययन गर्न नसक्ने विद्यार्थीहरुलाई क्याम्पसले निःशुल्क रुपमा आवासीय सुविधा दिन लागेको क्याम्पस प्रमुख डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “खासगरी दुर्गमबाट आएका जेहेन्दार र गरिब विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले बनाएको नियमका आधारमा विद्यार्थी छनोट गरेर आवासीय सुविधा दिइन्छ,” उहाँले भन्नुभयो,

“आवासको अभावमा यसअघि छात्रहरुका लागि आवासीय सुविधा दिए पनि छात्रालाई दिन सकिएको थिएन, अहिले रु तीन करोड लागतमा सुविधासम्पन्न छात्राहरुका लागि आवास निर्माण गरिएको छ, अहिले बेड बिस्तारा तयारीमा छौँ, केही समयभित्रै विद्यार्थीलाई आवासीय सुविधा दिनेछौँ ।”

दुई वर्षअघि निर्माण सुरु गरेको छात्रावासले पूर्णता पाएपछि क्याम्पसले पहिलोपटक छात्राहरुका लागि आवासीय सुविधा दिन थाल्नेछ । अहिले निर्माण भएको नयाँ भवनमा ७५ महिला विद्यार्र्थी राख्न सकिने क्याम्पसले जनाएको छ । छात्रावास पर्खालले घेरेर निकै सुरक्षित र सुविधायुक्त समेत बनाइएको क्याम्पसको भनाइ छ । यसअघि छात्रावास नहुँदा गरिब तथा विपन्न र दुर्गमका विद्यार्थीहरुले कोठा भाडा तिरेर अध्ययन गर्दै आएका थिए भने केही विद्यार्थी छात्रावासको अभावमा पोखरा काठमाडौँ जाने गरेका थिए ।

भवनको तीन चरणमा ठेक्का सम्झौता गरी निर्माण सम्पन्न भएको थियो । ए.ए कन्सट्रक्सन प्रालि र सातबिसै निर्माण सेवासँग ठेक्का सम्झौता गरी भ्याटबाहेक रु एक करोड ९८ लाखमा ३१ हजार लागतमा निर्माण सम्पन्न भएको हो ।

तीन तलाको सुविधासम्पन्न छात्रावासभित्रै चमेनागृहको समेत व्यवस्थापनका लागि काम भइरहेको छ । छात्रावाससँगै अध्ययनका लागि वञ्चित भएका दुर्गमका जेहेन्दार विद्यार्थीहरुलाई समेत अवसर हुने क्याम्पसका विद्यार्थी कल्याण प्रमुख कमल शर्माले जानकारीदिनुभयो ।

“कतिपय विद्यार्थीहरु छात्रावासको अभावमा पोखरा काठमाडौँसमेत जाने गरेका थिए, महिला विद्यार्थीलाई झनै समस्या थियो,” उहाँले भन्नुभयो, “छात्रा तथा छात्रवासले धौलागिरि क्याम्पसप्रति विद्यार्थीको आकर्षण झनै बढाउनेछ । निजी क्याम्पसप्रति विद्यार्थीको आकर्षण रहेको सन्दर्भमा यहाँको क्याम्पसमा भने दुई हजार विद्यार्थीले अध्ययन गरिएको क्याम्पसको तथ्याङ्कमा उल्लेख गरिएको छ । क्याम्पसमा विज्ञान, वाणिज्यशास्त्र, मानविकी र शिक्षा सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहको अध्यापन भइरहेको छ ।

सूचना प्रविधि क्षमतामा जिल्लामै उत्कृष्ट पालिका काठेखोला

बागलुङका १० पालिकामध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मूल्याङ्कनमा जिल्लामै सो गाउँपालिका उत्कृष्ट भएको छ ।

मन्त्रालयअन्तर्गतको सूचना तथा प्रविधि शाखाले हालै सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनका आधारमा काठेखोलाले जिल्लाको १० पालिकामध्ये सबैभन्दा बढी अङ्कभार प्राप्त गरेको छ ।

विद्यालयमा सिसी क्यामेरा, कार्यालय विद्युतीय हाजिरी, वैकल्पिक ऊर्जाका लागि सोलार, इन्टरनेटको पुहँच, सेवा प्रभावमा प्रविधिको प्रयोग जस्ता विषयका आधारमा पालिकाले ६० अङ्कभार प्राप्त गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

वेबसाइट व्यवस्थापनसहित डिजिटल माध्यमबाट गाउँपालिकाले प्रदान गरेको सेवाका आधारमा काठेखोलाले जिल्लाको १० पालिकामध्ये काठेखोला उत्कृष्ट भएको हो । त्यसपछि निसीखोला गाउँपालिकाले ५२ अङ्क प्राप्त गरेर जिल्लामा दोस्रो उत्कृष्ट भएको छ । एक सय अङ्कभार रहेको प्रश्नमा बरेङले ४९, तमानखोला ४५, ढोरपाटन नगरपालिकाले ४१ अङ्क प्राप्त गरेको छ ।

देशरभरका ७५३ तहमध्ये ४३४ वटा स्थानीय तहहरुले उक्त विवरण उपलब्ध गराएका थिए । जिल्लाका अन्य पाँच स्थानीय तहले भने विवरण नै उल्लेख नगरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । पालिकाको सूचना प्रविधिसँगको सामीप्यता, सूचना प्रविधिसम्बन्धी संस्थागत क्षमता र सूचनासँग जोडिएका नागरिकको सेवाका विषयका आधारमा पालिकालाई अङ्क प्रदान गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.