Advertisement

माओवादी नेता बञ्जाडेको सडक दुर्घटनामा मृत्यु

0 431

Advertisement

०८ मंसिर, रुपन्देही । सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ ।दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६ नं को बसले बञ्जाडे सवार लु २६प ५८९८ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते बञ्जाडेको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे निधन भएको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिनुभयो ।

दाङमा घाइते तथा अपाङ्गताको बैठकमा सहभागी भएर फर्कँदै गर्दा घर नजिकै बुटवल जीतगढीमा उहाँ दुर्घटनामा पर्नुभएको हो । माओवादीको सशस्त्र द्वन्द्वदेखि नै भूमिगत राजनीतिमा लाग्नुभएका बञ्जाडेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलगायतका नेताले निवासमा पुगेर श्रद्धाञ्जलि दिनुभएको छ ।

नेता बञ्जाडेको आजै तिलोत्तमास्थित मगरघाटमा संस्कार गर्ने कार्यक्रम छ । अर्घाखाँची धारापानीमा जन्मिनुभएका बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी हुनुहन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.