Advertisement

मनकामना केबलकार २३ वर्षः एक करोड ६० लाख यात्रु चढे, ३० करोड लागतमा नयाँ प्रविधिमा स्तरोन्नति गरिदै

0 562

Advertisement

०८ मंसिर, काठमाडौँ । नेपालकै पहिलो मनकामना केवलकारले आफ्नो २३ औं वर्ष पूरा भएको छ । २४ औं वर्ष प्रवेशको अवसरमा कम्पनीले नयाँ प्रविधिमा आफूलाई अपडेट गर्दै स्तरोन्नति गरिने पनि जनाएको छ । केबुलकारको यहि मंसीर ८ गते २३ औं वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो ।

मनकामना केबलकार चितवन कोई समुह अन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा संचालित कम्पनी हो ।
नेपालकै पहिलो र चर्चित मनकामना केबलकार २०५५ साल मंसीर ८ गतेदेखि संचालनमा आएको थियो ।

कम्पनीका अनुसार नियमित संचालनमा आएको केबलकारले हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनहरुलाई सेवा पुर्याइसकेको छ ।

केबलकार संचालन भएपछि मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा विकास भएको छ । सो क्षेत्रमा उल्लेखनीय पर्यटन पूर्वाधार तथा सामाजिक क्षेत्रमा पनि विकास भएको कम्पनीले गरेको छ ।
केवलकारकै कारण मनकामना क्षेत्र विश्व सामु परिचित छ ।

विश्व प्रख्यात अष्ट्रियाको म्यउउभmिबथच कम्पनीको प्रविधिबाट संचालित यस केवलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

संचालनको २४ औं वर्षमा आइपुग्दा प्रयोगमा आएका प्रविधि पुरानो हुँदै गएपनि कम्पनीले नवीनतम प्रविधिको विकासलाई पछ्याउँदै त्यसलाई अपडेट गर्दै लगिने बताएको छ ।

विज्ञप्तिको अनुसार मर्मत सम्भार खर्चसमेत अत्यधिक भइरहेको र स्पेयर पार्टस पाउनसमेत केही वर्षभित्र कठिनाई आउन सक्ने अवस्थामा लाई मध्य नजर गर्दै यहि आर्थिक वर्ष २०७८ / ०७९ बाट केबलकारको प्रविधिको स्तरोन्नतिसमेत गरिने जनाएको छ ।

हाल रहेको एनालग प्रणालीलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने बताएको छ । जुन तीन महिना तीन चरणमा गरिने जनाएको छ ।

स्तरोन्नति कार्य कम समयमा सकिने गरी यात्रुलाई नियमित सेवा प्रवाह गर्दै २०७९/ ८० र २०८०/ ८१ को भदौ महिना सम्म स्तरोन्नति कार्य सकिने कम्पनीले विज्ञप्तिमा भनेको छ ।

स्तरोन्नतिमा डि/ सि ड्राइभ प्रणालीलाई ए/ सी ड्राइभ मा तथा कन्ट्रोल प्रणालीलाई एनालगबाट डिजिटल प्रणाली मा परिणत गरिने जनाएको छ । यस्तैगरी केबलकारको लठ्ठा ग्रिप जस्ता महत्वपूर्ण सामान फेरेर स्तरोन्नति गरिने जनाएको छ । तर भवन, टावर हरु बुलह्वील हरु साविककै रहनेछ । कम्पनीले स्तरोन्नति गर्दा ३० करोड लागत लाग्ने अनुमान गरेको छ ।

केबलकारको २३ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सहयोगी सबैलाई कम्पनीले सम्झेको छ । विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सहयोगी हात, नेपाल सरकार, जिल्ला प्रशासन, गाउँपालिकाका स्थानीय वासिन्दाहरू, सरकारी तथा गैह्र सरकारी संस्थाहरू, कम्पनीका कर्मचारी परिवार सबैमा कम्पनीकोतर्फबाट धन्यबाद प्रकट गर्दछौं ।’

मनकामनामा स्तरीय रिसोर्टः रियोजना लागत ३५ करोड १८ करोड लाग्ने अनुमान

यसै आ.व. को फागुनदेखि मनकामनामा भातृ संस्था रिसोर्ट वाई मनकमना केवलकार प्रालिकद्वारा केबलकार टप स्टेशनसँगै करिब ९ रोपनी क्षेत्रफलमा ४० कोठा युक्त सुविधा सम्पन्न रिसोर्टको निर्माण समेत गरिन लागेको छ । उक्त रिसार्ट करीव ८े९ वर्षमा कार्य सम्पन्न गरिने लक्ष्य लिएको छ । स्तरीय रेष्टुरेन्ट साथै १०० क्षमताको कन्फरेन्स हल रहने छ ।

यसबाट मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने स्थानीय रोजगारी सृजना हुने सो क्षेत्रको प्रत्यक्ष अप्रत्यक्ष सबैले प्रतिफल पाउने पाइने कम्पनीको दावी छ ।

मनकामना क्षेत्रमा स्तरीय पर्यटकहरुको आवागमन एवं बसाई बढ्ने विस्वास कम्पनीले लिएको छ । रिर्साट कुल परियोजना लागत ३५ करोड १८ करोड लाग्ने अनुमान कम्पनीले दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.