Advertisement

राष्ट्र डुब्न लाग्दा गुहार्ने ठाउँ थियो–‘राजा’

0 653

Advertisement

दीर्घराज प्रसाई

०६ मंसीर, काठमाडाैं ।
नेपालमा २०६२ सालदेखि २०७८ सालसम्ममा भारतीय र अमेरिकी गुप्तचर संस्था र यूरोपका देशहरुका षडयन्त्रमा फसेर जुन कुकर्म गरियो नेपालमा आजको दुर्दशा त्यही हो । नेपाल जस्तो भौगोलिक तथा धार्मिक तथा जातीय विभिन्नता भएको राष्ट्रलाई अरुहरु राष्ट्रहरुसँग तुलना गर्न सकिदैन ।

विदेशी गुप्तचरहरु कति हराम हुँदारहेछन् भने सन् १९५०।५१ तिर चीनमा माओत्सेतुङ्गको नेतृत्वको बेला उत्तर कोरियामा आक्रमणको लागि दक्षिण कोरियाबाट छुटेको अमेरिकी फौज बिरुद्ध छुटेको चीनीया फौजलाई यालु नदी चीन कोरिया सीमानामा आक्रमण गरेर अमेरिकी फौजले चीनीया फौजलाई हराएको थियो । यसको कारण थियो– माओत्सेतुङ्गको स्वास्थ्य उपचारमा आएकी बाँड भन्ने नर्सको कारण । उनलाई अमेरिकी (सि.आई.ए.) ले पठाएको रहेछ ।

चीनीया फौज कहाँ, कसरी, कति आइरहेका छन् भन्ने कुराको गोप्य सूचना दिएकीले चीनका सुसंञ्जित फौजको सन् १९५०।५१ तिर हार भयो र त्यसैयद्धमा माओका जेठा छोराको समेत मृत्यू भएको थियो । यस्तो हुन्छ विदेशी गुप्तचरहरुको खेल ।

नेपालका राजाले आफ्नो समयकालमा नेपालको सार्वभौमसत्ताको संरक्षण र नेपाली जनताको सुखसम्वृद्धि र राष्ट्रर्मिाणमा सरिक भइरहेको इतिहास छ । तर नेपालको एकीकरण भएकैबेलादेखि बेलायती साम्राज्यले नेपालको राजतन्त्र बिरुद्ध अनेकौं षडयन्त्र गरिरह्यो । पृथ्वीनारायण शाहपछि नेपालमा राजाहरुले देश र जनताको लागि कुनै काम गर्न नैं पाएनन् । विक्रम संवत् २००७ सालमा प्रजातन्त्र आएपछि पनि राजा त्रिभूवनले पनि सक्रिय नभई संवैधानिक राजा भएर बसे ।

तर सन् १९५० मा भएको दिल्ली संझौंताबाट नेपालको सार्वभौमसत्ता खतरामा पारिएको थियो । दिल्ली संझौताका राष्ट्रघाती बुँदाहरुमध्ये श्री ५ त्रिभूवनको सुरक्षा र सहयोगको लागि राजदरबार गेटमा नेपाली सेना, भित्र पञ्जाबी सेना र श्री ५ को प्रमुख सचिवको रुपमा राजदरबारमा गोविन्दनारायण सिंह, मंत्रिपरिषदको मुख्य सचिवमा भारतकै मुर्देश्वर, नेपालको कानूनी सल्लाहकारमा भारतकै आएंगार, नेपालको आर्मी हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंहलाई राखिएको थियो । त्रिभूवन राजपथ भारतीय सेनाबाट निर्मित भएकाले सेनाको बढ्दो दवदवा र उत्तरी सीमानामा भारतीय सेनाको चेकपोष्ट खडा गरिनुले नेपालको अस्तित्व नैं संकटमा थियो ।

पृथ्वीनारायण शाह

हरक्षेत्रबाट प्रश्न उठ्न थाल्यो– ‘नेपालको सार्वभौसत्ता नेपाल र भारतमा कहाँ निहीत छ ?’ त्यो अवस्थामा राजा त्रिभूवनबाट २०१० साल माघ ७ गते बिमारी अवस्थामा –‘नेपालको व्यवस्थापिका, कार्यपालीका, न्यायपालीका अवदेखि श्री ५ मा नीहित रहेछ’ भन्दै लामो घोषणा गरेर नेपालको सार्वभौमसत्ता बचाएका थिए । राजा त्रिभूवनको घोषणाको पूर्ण अंश गृष्मबहादुर देवकोटाबाट संकलीत ‘नेपालको राजनीतिक दर्पण’ भाग १ को पहिलो भागमा उल्लेख छ । उक्त घोषणपछि दिल्ली संझौताको आडमा नेपाललाई भारतीयकरण गर्न भारतीयहरु लाखापाखा लागे । त्येसबेलादेखि भारतीयहरुले नेपालको मंत्रिपरिषद, सेना र व्यवस्थापिकामा हात हाल्न सकेनन् । यस्तो महत्वपूर्ण घोषणालाई राजनीतिक दलहरुले प्रचारमा ल्याउने काम नगरेकाले नेपालमा राजाको महानताको कुरा ओझेलमा परेको हो । यसरी संकटमा राजसंस्था देशको सार्वभौमसत्ता बचाउने विकल्प शक्ति मानिन्छ ।

कांग्रेस बहुमतमा रहेकाबेला प्रधानमंत्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आक्रोशित भएका कारणले २०५८ सालमा राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधानको धारा १२७ उललेख गरेर सत्ता बुझाएका थिए । राजाले संविधान अनुसार कार्यकारिणी अधिकार ग्रहण गरे । १२७ धारा भन्दा पनि २०४७ सालको संविधानको धारा ३५ अनुसार राजाले सत्ताग्रहण गरे ।

नेपाल अहिले पहिचान हराएको मान्छे जस्तो अस्मिता गुमाएको राष्ट्र बनेको छ – नेपाल ।

भरखरै राजसिंहासनमा बसेका राजा ज्ञानेन्द्रबाट पद नपाएपछि कांग्रेस र एमालेका नेताहरु राजाको वरखिलापमा लागे । उता राजाका वरिपरिका केही अदृष्य व्यक्तिले गलत सल्लाह दिएर राजालाई विवादमा पार्न खोजे । यसैलाई आधार बनाएर भारतीय र अमेरिकी गुप्तचर संस्था र यूरोपका देशहरुका षडयन्त्रमा फसेर जुन कुकर्म गरियो नेपालमा आजको दुर्दशा त्यही हो ।

राजा ज्ञानेन्द्रबाट व्यक्त भएको थियो–‘नेपालको राष्ट्रियताको रक्षा हाम्रो अहंसवाल हो । पूर्खाले पौरख गरेर जोडेको र जोगाएको राष्ट्रको स्वतन्त्र अस्तित्वलाई हामीले किमार्थ धरापमा पार्नु हुँदैन । अस्थिर अवस्था निरन्तरताको अव्यवस्था तथा राजनीतिक अस्तव्यस्तताका कारण हामी निकै कमजोर हुन पुगेका छौं ।’ यसरी राजा ज्ञानेन्द्रले नेपालको राष्ट्रियता, संसदीय प्रजातन्त्रको सुदृढीकरणलाई मूल बाटो ठानेको छ ।

नेपालको राजसंस्था बारेमा वि.पी कोइरालाको अडान थियो (२०३३पछि)– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहदैन । नेपालको अस्तित्व त राजाको अहं स्वार्थको कुरा हो । त्यसैले राजाहरुले देश बचाएकाछन् । म चहान्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेलहोस् ।’ राष्ट्र डुब्न लाग्दा गुहार्ने ठाउँ थियो–‘राजा’ । तर २०६५ साल जेष्ठमा राजा पाखा लागेको बेलादेखि हामी नेपाली जनता टुहरा जस्ता भएका छौं ।

देश सबै नेपाल जनताको साझा हो । नेपाल बचाउन राजा तथा हामी सबै नेपालीहरुको साझा दायित्व हो । तर नेपालमा राजसंस्था विस्थापित गरेर सार्वभौम–नेपाल बाँच्न सक्तैन । नेपालको विकराल अवस्था छ । नेपाल अहिले पहिचान हराएको मान्छे जस्तो अस्मिता गुमाएको राष्ट्र बनेको छ–नेपाल । नेपालमा राजसंस्था रहेन भने नेपाल मात्र होइन, चीन र भारत पनि असुक्षित बन्नेछ । अव यसरी देश चल्दैन ।

२०६२ सालदेखि २०७८ सालसम्ममा नेपाल ठूलो संकटमा फसेको छ । यसरी राष्ट्रघातगर्ने पार्टीका नेताहरुलाई अहिलेसम्म कुनै अपराध महसुस गरिरहेका छैनन् । तर उनीहरु विदेशीको भरिया बनेर नेपालको अस्थित्व समाप्त गर्नमा अझै धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको बाटोमा छन् । झन अहिले अमेरिकाले आफ्रनो एजेन्टको रुपमा विश्वासप्राप्त कांग्रेसका शेरबहादुर देउवालाई कथित सर्वोच्च अदालतको परमादेशको आधारमा अबौं अमेरिकी रकम बगाएर एमसीसी पारित गराई नेपालमा दलबल सहित आएर चीन माथि आक्रमण गर्ने अवस्था छ अहिले ।

Narayanhiti Royal Palace

त्यस्तो खतराबाट नेपाललाई बचाउन जसरी भए पनि यस्ता देशद्रोही विदेशी दलालहरुलाई सत्ताबाट लखेटेर राज्यले २०६३ सालपछिका देशद्रोही लुटेराहरुलाई जेलमा राखेर उनीहरुले लुटेको राष्ट्रको स्रोत संपत्ती राष्ट्रियकरण गरिनु पर्छ । यसको लागि राज्यका सम्पूर्ण अंगहरु, नेपाली सेना र देशभक्त नेपालीहरु सशक्त बनेर यो अखण्ड सार्वभौम नेपाललाई बचाउन राजसंस्था र नेपालको पहिचान र प्रतिष्ठा र भारत तथा आस्था केन्द्रको रुपमा नेपालको राष्ट्रिय एकीकरणको समयदेखि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अथक नेतृत्वबाट स्थापित स्रसारको एक मात्र विश्वका हिन्दुहरुको आस्था केन्द्रको रुपमा स्थापित हिन्दु अधिराज्यलाई यथावत रुपमा कायम गरेर नेपाल अधिराज्इको अस्तित्व बाँच्नु पर्दछ ।

नेपालमा राजाहरुको राज्यकालको मूल्यांक गर्नुपर्दा २००७ साल पछाडी श्री ५ त्रिभूवन लगायत श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र श्री ५ ज्ञानेन्द्रको शासनकाल कतिदिन चलेको थियो र यी राजाहरुबाट राष्ट्रलाई खतरा पर्ने र जनतालाई दुःख दिने के काम भएको थियो र त्यस्तो प्रतिशोध राखेर नेपालको सार्वभौमसत्ता, एकता र स्थिरताको एक मेरुदण्डको रुपमा स्थापित राजसंस्था विस्थापित गर्ने कुकर्म गरियो ? नेपालमा २०६३ सालपछि न संविधानले काम गर्ने गरेको छ, न कानून वा कुनै निर्णयहरुले काम गरेको छ ।

नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर राजाको अपस्थितिमा सम्पूर्ण देशभक्त शक्ति सक्रिय बनेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्दै पिछडिएको क्षेत्र र जातिको विकासको लागि राज्यको सम्पूर्ण शक्ति केन्द्रीत गराएर देश बचाउन सक्नुपर्छ । अतः अव सबै पार्टीहरु र हामी सबै नेपालीहरुले नेपाल अधिराज्यको सम्वेदनशीलता बुझेर श्री ५ ज्ञानेन्द्रलाई नारायणहिटी राजदरबारमा राज्यरोहण गराई संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यको निरन्तरतामा देशलाई बचाउन सटिवद्ध रहौं ।

प्रस्तुतकर्ता -दीर्घराज प्रसाई



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.