Advertisement

रामदेवको टीभीमा विभागको ‘छापा’, कागजातहरू नियन्त्रणमा

0 631

Advertisement

०६ मंसीर, काठमाडौं । सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा ‘छापा’ मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए ।
यसैबीच पतञ्जलीले भने टेलिभिजन दर्ता नभएको लगायतका विषयमा भएका टिकाटिप्पणीबारे विज्ञप्ति निकालेर स्पष्ट गर्ने कोशिष गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.