Advertisement

शौचालय आउनुस् चिया पिएर जानुस्

0 576

Advertisement

०३ मंसीर, काठमाडौं । स्वयम्भू बुद्धपार्कमा देशकै नमुना ‘स्माट’ शौचालय छ । जहाँ सम्पूर्ण प्रविधि ‘स्मार्ट’ छन् । ‘सेन्सर’ सहितको प्रवेशद्वार छ कति मानिस आए भनेर त्यसले देखाउँछ । धारा, बत्ती सुकाउने, प्याड वितरण गर्ने ठाउँ ‘स्मार्ट’ नै छन् । हार्पिक, फिनेलजस्ता रसायनको प्रयोग नगरी ‘ड्राई किल्नरु प्रयोग गरिन्छ ।

यस्ता वस्तु बायोडाइजेस्टरमा गाये भने ग्यास उत्पादन हुँदैन । प्राकृतिक डिटर्जेन्ट, वातावरणमैत्री सफाइ सामाग्री प्रयोग गरिन्छ । एकपटक शौचालय गएबापत प्रयोगकर्ताले १५ रुपैयाँ तिर्नुपर्छ त्यसमै ग्राहकले एक कप कालो चिया पाउँछन् । शौचालय भित्रै खाजा पसल पनि छ । ‘कोही त कुरै नबुझ्ने ट्वाइलेटमा बसेर कहाँ खान्छ भन्छन् ,’ अरुणा पुजारीले भनिन् ।

२५ वर्षीया पुजारी टेकु अस्पतालमा सफाइको काम गर्थिन् । त्यहाँको जागिर छोडेर यहाँ आएकी हुन् । उनका अनुसार अस्पतालमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले शौचालय फोहोर हुन्थ्यो । तर, स्वयम्भूमा स्मार्टप्रविधि भएकाले काम गर्न सजिलो भएको उनले सुनाइन् ।

‘जागिरका साथसाथै सेवा गरिरहेको छ जस्तो लाग्छ । तर, धेरैले ट्वाइलेटमा काम गर्नेलाई हेयको दृष्टिले हेर्छन्’ उनले भनिन्, ‘आधा मानिस प्रशंसा गर्ने र आधाजसोले आलेचना गर्छन् । सेवा गर्दे छ भन्ने चेत खुल्नुपर्छ ।’ अर्की कामदार पदमा देउलालाई अहोरात्र खटिएर काम गर्ने भन्ने बुझाईु गलत भएको देउलाको भनाइ छ।

‘सम्पूर्ण प्रविधिहरू स्मार्ट छन्। फोहोर कतै छैन। न त दुर्गन्ध नै छ। मासिक तलब लिने व्यवस्था छ। अफिसको जस्तै विभिन्न सिफ्टमा काम गर्छौं’, उनले भनिन्। सफाइको क्षेत्रलाई पनि अन्य पेशास्तै आदर गरिनुपर्ने उनले सुनाइन्।

दैनिक १ सयदेखि ५ सयसम्म प्रयोगकर्ता आउँछन्। उनीहरूबाट उठेको पैसाले कर्मचारीलाई मासिक तलब, शौचालयको सरसफाइ तथा व्यवस्थापन गरिन्छ। सिन्धुलीका विष्णु भोलानले स्मार्ट शौचालय राम्रो लागेको बताए।

अन्नपूर्ण



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.