Advertisement

इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

0 274

Advertisement

०२ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ । इम्युनो ग्लोबुलिन सुइको माध्यमबाट घाउको वरिपरि लगाइने औषधि हो ।

प्रदेश नं १ को कोसी अस्पताल, प्रदेश नं २ को जनकपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको बुटवलस्थित लुम्बिनी अस्पताल, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट सेवा प्रवाह गरिने छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले विश्व स्वास्थ्य सङ्गठनको रणनीतिअनुसार सन् २०३० सम्ममा यस रोगबाट विश्वमै मानव मृत्यु शून्यमा झार्ने लक्ष्यका साथ मन्त्रालयले अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “रेबिजग्रस्त कुनै पनि स्तनधारी प्राणीबाट मानिसमा सर्न सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो ।” “यो बौलाह जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर पनि चिनिन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले रेबिज लागेमा यसको कुनै औषधि नभएको बताउँदै शङ्कास्पद सङ्क्रमित जनजावरले टोकेमा तत्काल एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक वर्षमा आवश्यकता र औचित्यका आधारमा सबै जिल्लामा यस सेवालाई विस्तार गरिने जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी शाखाका डा कृष्णप्रसाद पौडेल र स्वास्थ्य सेवा विभागका निर्देशक दीपेन्द्ररमण सिंहले मुलुकमा रेविज रोगको अवस्थाबारे जानकारी दिनुभयो । प्रत्येक वर्ष १५ देखि ३६ जनासम्म रेविजका कारण मानिसको मृत्यु भएको जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.