Advertisement

मङ्सिर महिनाको र वैकुण्ठ चतुर्दशीको महत्व।

0 867

Advertisement

०१ मंसिर, काठमाडौं । मिति २०७८ साल मङ्सिर १ गते बुधबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,राक्षस नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु कार्तिक शुक्लपक्ष त्रयोदशी तिथी प्रात: १० / १५ बजेसम्म त्यस उप्रान्त वैकुण्ठ चतुर्दशी तिथी आरम्भ अश्विनी नक्षत्र व्यतिपात योग ,गर करण ,श्रीसूर्यनारायण कार्तिक ३० गते राती १२/ ५६ बजेबाट तुला राशि समापन गरेर वृश्चिक राशिमा प्रवेश गर्नुहुनेछ भने शरदऋतु समापन भएर हेमन्तऋतु आरम्भ हुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको वृश्चिक संक्रान्ति भनिन्छ।

यो महिनाको देवताको नाम केशव ,देवीको नाम विशालाक्षि ,सूर्यको नाम मित्र हो।यो दिन वृश्चिक राशिमा सूर्य: मेष राशिमा चन्द्र: र कुम्भ राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुनेछ।

पौराणिक मान्यता अनुसार (बैकुण्ठ) चतुर्दशीमा नदी स्नान ,दान ,पुण्यलाई बिशेष मानिन्छ । यो दिन भोलेनाथ सृष्टिको कार्यभार भगवान विष्णुलाई सुम्पिएर कैलाशको यात्रामा निस्कन्छन् । यस अवसरमा भगवान भोलेनाथ महाकालको सुन्दर यात्रा गोपाल मन्दिर पुर्‍याउँछन् । पालकीबाट भगवान भोलेनाथ उत्तर भएर श्रीहरिलाई तुलसी भेट गर्छन् र श्रीहरिले यसको बदला स्वरुप उनलाई बेलपत्र दिन्छन् । यो सुन्दर प्रसंगलाई हरि र हर मिलनको नामले चिनिन्छ ।

यो दिन भगवान शिव ठाँटिएर पालकीमा सवार भएर बाजागाजा सहित भगवान विष्णुको अवतार लिएर श्रीकृष्णलाई भेट्न पुग्छन् ।बैकुण्ठ चतुर्दशीमा भगवान शिव श्रीहरिसँग स्वयं भेट्न जान्छन् सृष्टिको सम्पूर्ण भार भगवान विष्णुलाई सुम्पिएर हिमालय पर्वतमा जान्छन् भन्ने मानिन्छ ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.