Advertisement

घटेन भ्रष्टाचार : अख्तियारमा उजुरीको चाङ

0 913

Advertisement

३० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७/७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ ।

सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी मात्रै फछ्र्योट भएका छन् ।

जुन कुल उजुरीको ६४ दशमलव २३ प्रतिशत मात्र हो । सो अवधिमा अख्तियारले भ्रष्टाचारको आरोपमा ४ सय ४३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनअनुसार आयोगमा परेको उजुरीलाई आधार मान्दा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ ।

यसैगरी, शिक्षा क्षेत्रअन्तर्गतका निकाय, भूमि प्रशासनसँग सम्बन्धित क्षेत्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गृह, ऊर्जा, अर्थ मन्त्रालय र मातहतका निकायमा समेत उल्लेख्य रूपमा भ्रष्टाचार हुने गरेको पाइएको हो ।

अख्तियारमा परेको उजुरीका आधारमा ती निकायमा अत्यधिक भ्रष्टचार भएको देखिएको हो ।

आयोगले सोमबार आफ्नो ३१औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएलगत्तै सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन कायम गर्न आयोगका पदाधिकारी र सबै कर्मचारी उच्च मनोबल र नैतिकताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा सबैको सहयोग आवश्यक रहने बताइन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.