Advertisement

न्युजिल्यान्ड अस्ट्रेलिया विश्वकप टि २० क्रिकेट प्रतियोगिताकाे उपाधिको लागि भिड्दै

0 614

Advertisement

२८ कार्तिक, काठमाडाैँ । दुई वर्षअघि विश्वकप एकदिवसीय क्रिकेटको फाइनलमा इङ्गल्यान्डसँग सुपर ओभरमा कम चौका प्रहार गरेको आधारमा मात्र पराजित भएर विश्वविजेता बन्नबाट वञ्चित भएको पीडा न्युजिल्यान्डले अहिलेसम्म भुल्न सकेको छैन । न्युजिल्यान्डसमक्ष आइतबार अस्ट्रेलियालाई विश्वकप टि २० क्रिकेट प्रतियोगिताको फाइनलमा हराएर सो पीडा भुलाउने अवसर छ ।

यसो त वर्ष नै न्युजिल्यान्ड टेस्ट क्रिकेटको विश्व च्याम्पियन बनेको थियो । तर निर्धारित ओभरको क्रिकेटमा न्युजिल्यान्ड अहिलेसम्म विश्वविजेता बन्न सकेको छैन । लगातार तेस्रो पटक आइसीसी क्रिकेट प्रतियोगिताको फाइनल खेल्न लागेको न्युजिल्यान्ड मात्र होइन अस्ट्रेलिया पनि पहिले पटक टि२० विश्वकप उपाधि जित्ने दाउमा छ ।

आइतबारको फाइनलपछि विश्वकप टि२० ले नयाँ च्याम्पियन पाउनेछ । पाँच देशले मात्र विश्वकप टि२० जितेको इतिहास छ ।भारतले (२००७), पाकिस्तान (२००९), इङ्गल्यानड (२०१०), वेस्ट इन्डिज (२०१२, २०१६) र श्रीलङ्का (२०१४) सँगै अब विश्व टि२० च्याम्पियनमा अर्को देश पनि थपिनेछ ।

सन् २०१० मा अस्ट्रेलिया फाइनलमा इङ्गल्यान्डसँग हारेको थियो । एकदिवसीय विश्वकप सबभन्दा बढी पाँच पटक जितेपछि टि २० संरचनामा अस्ट्रेलिया अहिलेसम्म सफल हुनसकेको छैन ।

यसपटक समूह चरणमा उपाधि दावेदार भारतलाई पछाडि पार्दै पाकिस्तानसँग न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । अर्को उपाधि दावेदार इङगल्यान्डलाई अन्तिम चारमा स्तब्ध बनाएर न्युजिल्यान्ड फाइनलमा पुग्यो । डेरिल मिचेल र जेम्स निसमले अपत्यारिलो र डेभन कन्वेले उपयोगी पालि खेलेर न्युजिल्यान्डलाई फाइनलका लागि योग्य बनाउनुभएको हो । विकेटकिपर ब्याट्सम्यन कन्वे सेमिफाइनलमा आउट हुने क्रममा रिसले ब्याट्मा हिर्काउँदा घाइते बनेपछि फाइनलमा खेल्न नसक्ने हुनुभएको छ । जुन न्युजिल्यान्डका लागि ठूलो धक्का भएको छ ।

अस्ट्रेलिया पनि न्युजिल्यान्डसरह आप्mनो समूहमा उपविजेता बनेर नकआउटमा पुगेको हो । यी दुवै टिमले सेमिफाइनलमा हारको नजिक छँदा पनि अन्तिम ओभरतिर विस्फोटक ब्याटिङ गरी एक ओभर अगाडि नै खेल जितेका हुन् । अस्ट्रेलियाले समूह चरणमा पाँचै खेल सहजै जित्ने पाकिस्तानलाई सेमिफाइनलमा निराश बनाएको हो । म्याथ्यु वेडले अन्तिम दोस्रो ओभरमा शाहिन आफ्रिदीको बलिङमा लगातार तीन छक्का प्रहार गरेपछि अस्ट्रेलियाले नाटकीय जित हात पारेको थियो ।

अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर शानदार लयमा हुनुहुन्छ । उहाँले चालू विश्वकपमा २३६ रन बनाइसक्नुभएको छ । सेमिफाइनलमा रेफ्रीको विवादास्पद निर्णयले वार्नरको पालि ४९ रनमा सकिएको थियो । टेलिभिजन रिप्लेमा बल र ब्याट्सको सम्पर्क नभएपनि वार्नरलाई आउट दिएको स्पष्ट भएको थियो ।

वार्नरको ब्याटिङबाहेक अस्ट्रेलियाको शक्ति तीन विश्वस्तरीय तेज बलर मिचेल स्टार्क, जोस हेलजउड र प्याट कमिन्स हुन् । स्पीनर एडम जाम्पा अस्ट्रेलियाली टिमको तुरुपको एक्का सावित भइरहनुभएको छ । उहाँ १२ ब्याट्सम्यानलाई आउट गरेर यस विश्वकपमा सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा हुनुहुन्छ । कोभिडअघि टि२० क्रिकेटको वरीयतामा शीर्षस्थानमा रहेको अस्ट्रेलियाले क्रिकेट पुनः सुरु भएपछि यस संरचनामा निकै कमजोर प्रदर्शन गर्यो । न्युजिल्यानड, वेस्ट इन्डिज र बङ्गलादेशसँग टि२० शृङ्खला हारेर अस्ट्रेलिया विश्वकप टि२० खेल्न आएको हो । यद्यपि यी सबै कमजोर प्रदर्शनलाई पछाडि पारेको अस्ट्रेलिया अब विश्वविजेता बन्नबाट एक खेल मात्र टाढा भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.