Advertisement

प्रि ओपन सेसनमा करिब ४ अंक बढ्यो नेप्से

0 464

Advertisement

२८ कार्तिक, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

गत बिहीबार ५९.५७ अंक घटेर २६९०.२९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ३.७६ अंक बढेर २६९४.०५ विन्दुमा पुगेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।आइतबार प्रि ओपन सेसनमा २१ कम्पनीको ७६ लाख २ हजार ७८० रुपैयाँ ८० पैसा बराबरको १२ हजार २६१ कित्ता सेयर कारोबार भएको छ।

कारोबारमा आएकामध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.