Advertisement

ए डिभिजन लिग फेरि स्थगित, मंसिर ३ गतेबाट सुरु हुने

0 615

Advertisement

२५ कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फेरि स्थगित भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले कात्तिक २९ गतेबाट सुरु हुने भनि तय गरेको ए डिभिजन लिग अब मंसिर ३ गतेबाट मात्र सुरु हुने भएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन्।

प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आजमात्र कान्तिपुर टेलिभिजनसँग सम्झौता गरिएको थियो।

प्रतियोगिताका खेलहरु दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल स्टेडियममा हुने एन्फाले जनाएको छ। त्यस्तै केही खेलहरु पोखरा रंगशालामा लैजान पनि एन्फा सकारात्मक भएको बताइएको छ।

लिगबाट दुईवटा टोली रेलिगेसनमा पर्नेछन्। अघिल्लो सिजन एक टोलीमात्र रेलिगेशनमा परेको थियो। लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्।

प्रतियोगितामा फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम, नेपाल पुलिस क्लब, एपीएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, संकटा क्लब र सातदोबाटो क्लब गरी १४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.