Advertisement

टी–२० विश्वकप : न्युजिल्यान्ड फाइनलमा प्रवेश

0 348

Advertisement

२५ मात्तिक, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले पहिलोपल्ट टी–२० विश्वकपको फाइनल यात्रा तय गरेको हो ।

सेमिफाइनलमा पुग्न ड्यारेल मिचेल नायक बने । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । प्रारम्भिक ब्याट्सम्यान मिचेलले ४८ बलमा नटआउट रहेर ७२ रन बनाएपछि न्युजिल्यान्डले १९ ओभरभित्र पाँच विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यससँगै सन २०१० को वान डे विश्वकपमा इंग्ल्यान्डको हातबाट पराजित न्युजिल्यान्डले त्यसको बदला पनि लिएको छ । न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसपको विजेता पनि हो ।

फाइनलमा न्युजिल्यान्डले पाकिस्तान र अस्ट्रेलियामध्ये एक टिमको सामना गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.