Advertisement

महाकालीमा बेपत्ता जयसिंह परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

0 424

Advertisement

२४ कात्तिक, दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम समाज मेरिल्यान्ड अमेरिकाले बेपत्ता जयसिंह परिवारलाई रु दुई लाख आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

फारवेस्ट राइडरको सहआयोजनामा सदरमुकाम खलङ्गामा आयोजित एक कार्यक्रममा राइडरका सुदूरपश्चिम अध्यक्ष भरतविक्रम शाहले जयसिंह धामीका श्रीमती राजन्ती धामीलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

मेरिल्यान्ड अमेरिकाका अध्यक्ष दमनविक्रम शाहको अगुवाइमा धामी परिवारका लागि राहत रकम सङ्कलन भएको थियो । बेपत्ता जयसिंह धामीका एक छोरा र एक छोरीको पढाइलेखाइमा सहयोग पुगोस् भन्नका लागि रकम सङ्कलन गरी हस्तान्तरण गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

सहयोग रकमलाई सही ठाउँमा सदुपयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो । रकम पाएपछि राजन्ती खुसी र भावुक बनेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.