Advertisement

नोबेल विजेता मलाला युसुफजाईले गरिन् आसिरसँग विवाह, हेर्नुहोस् तस्बिरहरू

0 527

Advertisement

२४ कात्तिक, एजेन्सी । नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले मंगलबार आसिरसँग वैवाहिक सम्बन्ध गाँसेको घोषणा गरेकी छन्।

बालिकाहरूको शिक्षा क्षेत्रमा काम गर्दै आएकी मलालाले आफ्नो आधिकारिक ट्विटरमार्फत् बेलायतको बर्मिङ्घमस्थित घरमा आसिरसँग मुस्लिम परम्पराअनुसार ‘निकाह’ गरेको घोषणा गरेकी हुन्।

आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण सार्वजनिक गर्दै २४ वर्षीया मलालाले नेपाली समयअनुसार मंगलबार राति ११ बजेर २८ मिनेटमा ट्वीटरमा लेखेकी छन्- ‘आजको दिन मेरो जिन्दगीको अमूल्य दिन हो। आसिर र म आजबाट जीवनसाथीका रूपमा जिन्दगी बिताउँदैछौं। हामीले बर्मिङ्घमस्थित घरमा परिवारका सदस्यहरूमाझ सानो निकाह आयोजना गर्यौं। हामीलाई तपाईंहरूको शुभकामनाको खाँचो छ। जिन्दगीको आगामी यात्रा सँगसँगै हिँड्न लागेकामा हामी उत्साहित छौं।’

मलालाले आफ्नो श्रीमानबारे थप जानकारी उल्लेख गरेकी छैनन्।

मलाला युसुफजाईको जन्म पाकिस्तानमा भएको थियो। उनलाई सन् २०१२ मा बालिकाहरूको शिक्षा पाउने हकबारे बोलेको भन्दै तालिबान आतंकवादीहरूले गोली हानेका थिए। त्यति बेला उनी ११ वर्षकी थिइन्। उनले भनेकी थिइन्, ‘यहाँ छोरी जन्मिनुलाई सधैं उत्सवका रूपमा लिइँदैन।’

उनलाई त्यसपछि बर्मिङ्घमको अस्पताल लगिएको थियो। उनले त्यहीँ बसेर बालिका शिक्षा क्षेत्रमा वकालत गर्दै आएकी छन्।

कयौं महिनाको शल्यक्रिया र पुनर्स्थापनापछि सन् २०१४ मा उनी बेलायतको नयाँ घरमा आफ्नो परिवारसँग बस्न थालेकी थिइन्। आफ्नाो बुवाको सहयोगमा उनले मलाला कोष स्थापना गरिन् जसले बालिका शिक्षामा सहयोग गर्दै आएको छ।

कम उमेरमै बालिका शिक्षा क्षेत्रमा काम गरेबापत् उनको योगदानको कदर गर्दै सन् २०१४ डिसेम्बरमा मलालालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी सबभन्दा कम उमेरकी नोबेल विजेता हुन्।

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सन् २०२० मा दर्शन, राजनीति र अर्थशास्त्रमा ग्र्याजुएट गरेकी थिइन्।

(एजेन्सीहरूको सहयोगमा)



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.