Advertisement

‘छक्का पञ्जा ४’ को टिजरमा जितु नअटेपछि

0 659

Advertisement

जितु नेपाल भन्छन्- सानो मन गर्नुपर्ने केही छैन

२४ कात्तिक, काठमाडौं । दिपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेका ‘छ एकान छ’ देखि ‘छक्कापन्जा’ शृंखला हुँदै ‘छ माया छपक्कै’ सम्मका फिल्ममा जितु नेपाल उर्फ मुन्द्रे कलाकार तथा कार्यकारी निर्माताका रूपमा संलग्न थिए।

जितुले सञ्चालन गरेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिजनमा समेत अध्यक्षका रुपमा दीपाश्रीसँग सहकार्य जारी थियो। तर गत वर्ष दोस्रो सिजनदेखि दीपाश्रीको ठाउँ अभिनेत्री करिश्मा मानन्धरले लिइन्।

यही क्रममा दीपा-दीपकले मंगलबार सार्वजनिक गरेको ‘छक्का पञ्जा ४’ को टिजरमा जितु नअटेपछि उनी यो समूहबाट बाहिरिएको चर्चा चल्न थालेको छ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ का सञ्चालक जितुले सोमबार आफ्नो कार्यक्रम बन्द गर्नुपर्ने कारणबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए। निर्माण कम्पनी ‘कि एडभर्टाइजिङ’ ले आफूसँग कुनै सल्लाह नगरी फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन सो घोषणा गरेपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने निर्णय लिएको जितुले बताएका थिए। कलाकारबीच तालमेल नमिलेकाले कार्यक्रम बन्द गर्नुपरेको भन्दै उनले चित्त दुखाएका थिए।

जितुले भनेजस्तै कलाकारको तालमेल नमिल्दा जितुको कमेडी क्लब मात्र बन्द भएन, यही सोका कारण दीपक- दीपसँगको उनको लामो सहयात्रामा पनि अवरोध आयो।

सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै देखिए पनि उनीहरू व्यावसायिक रूपमा बेग्लै यात्रामा हिँडिसकेका छन्। यसको एउटा उदाहरण ‘छक्का पञ्जा ४’ को टिजर हो।

गत साताबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘सूर्यवंशी’ हेर्न सिनेमा हल जाँदा दर्शकले ‘छक्का पञ्जा ४’ को टिजर पनि हेर्न पाउँछन्। यो विज्ञापन ‘छक्का पञ्जा ४’ आउँदैछ भन्ने सन्देश दिने उद्देश्यले बनाइएको हो जसमा जितुको उपस्थिति छैन।

यसबारे जितुले सेतोपाटीसँग भने, ‘मैले छक्का पञ्जा ४’ को टिजर देखाइएको बारे सुनेँ मात्र, हेर्न पाएको छैन। फिल्म आगामी दसैंतिर सार्वजनिक हुने भनिएको छ। अहिलेदेखि मनमुटाव बढेको भनेर हल्ला गरिनु ठिक होइन।’

उनले अहिले फिल्म बनिनसकेकाले आफ्नो भूमिका हुने कि नहुने भन्नेबारे केही निर्णय भइनसकेको बताए। टिजरप्रति जितुले चित्त दुखाएको भनेर समाचारसमेत आएका छन्। यसबारे उनले भने, ‘म ठिक्कको कलाकार थिएँ, मलाई उहाँहरूले ठूलो अवसर दिनुभयो। नायकै बनाइदिनुभयो जसबाट मैले अवार्डहरू पनि पाएँ। कसैले दिउन्जेल खुसी र नदिँदैमा दुःखी हुनु हुँदैन। छक्का पञ्जा ४ मा मेरो कुनै भूमिका भए पनि, नभए पनि चित्त दुखाउने र सानो मन गर्नुपर्ने केही छैन।’

दीपाश्रीले कमेडी क्लब छाड्ने सन्दर्भमा केही हतारो भएको स्विकार्दै उनले भने, ‘मैले गरेको प्रोजेक्टमा दीपाजी नअटाएजस्तै म पनि उहाँहरूले गर्ने प्रोजेक्टमा अटाइनँ भने त्यो स्वाभाविक हो।’

उनले अगाडि भने, ‘अघि भर्खर पनि दीपकजीसँग कुरा भएको थियो। हामी कतिपय ठाउँमा सँगै पनि हुन्छौं। तर व्यावसायिक रूपमा कार्यकारी निर्माता रहने पहिलाजस्तो अवस्था नभएकै हो। तर त्यो नहुँदैमा मैले चित्त दुखाउने कुरा हुँदैन।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.