Advertisement

टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतसँग नामिविया ९ विकेटले पराजित

0 582

Advertisement

२३ कात्तिक, काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ ।

सुपर १२ अन्तर्गत समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले हराएको हो ।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो ।

नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.