Advertisement

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले वार्षिक साधारण सभा तथा निर्वाचन हुदै

0 587

Advertisement

२२ कात्तिक, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले वार्षिक साधारण सभा तथा निर्वाचन गर्न लागेको छ ।

एशोसिएशनका अध्यक्ष श्री कृष्ण दुलालज्यूको अध्यक्षतामा मिति २०७८ असोज ८ गते बसेको १५ औं केन्द्रीय कार्य समिति बैठकको निर्णयानुसार एशोसिएशनको ४५ औं वार्षिक साधारण सभा तथा अध्यक्ष लगायत केन्द्रीय कार्य समितिका सदस्यहरुको निर्वाचन कार्यक्रम समेत सम्पन्न हुने भएकोले एशोसिएशनको विधानको दफा १६.३ बमोजिम सुचित गरिएको आयोजकले जानकारी दियो ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल वार्षिक साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै साधारण सभा तथा निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका एवं प्रतिनिधि मनोनयन-पत्र समेत यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा अनुरोध गरेको थियो ।

वार्षिक साधारण सभाको लागि निर्धारित छलफलका विषयहरु बाहेक विचारार्थ कुनै प्रस्ताव भएमा २०७८ मंसिर १५ गतेभित्र एशोसिएशनको सचिवालयमा आईपुग्ने गरी पठाई दिनु हुन समेत अनुरोध गरेको छ ।

निर्वाचन सम्बन्धी विस्तृत कार्यक्रम निर्वाचन अधिकृतबाट यथा समयमा प्रकाशित हुने व्यहोरा समेत यसै सूचनाद्वारा अवगत गराएको छ ।
वार्षिक सभा सम्बन्धी अन्य विषयहरू वार्षिक सभाको लागि विचारार्थ प्रस्ताव भए २०७८ मंसिर १५ गतेभित्र एशोसिएशनको सचिवालयमा आईपुग्ने गरी पठाई सक्नु पर्ने आयोजकले बताए ।

आ.व २०७८/०७९ सम्मको बार्षिक सदस्यता शुल्क नविकरण नगरेका फर्म/कम्पनीहरूले २०७८ मंसिर १७ गतेसम्म नविकरण
गरिसक्नु पर्नेछ । साथै २०७८ मंसिर १७ गतेसम्म नाडाको सदस्यता नविकरण नगरेका तथा वार्षिक सभामा उपस्थितिका लागि
प्रतिनिधि मनोनयनपत्र दर्ता नगरेका सदस्य फर्म/कम्पनीहरूले निर्वाचनमा भाग लिन पाउने छैन । त्यसैगरी प्रतिनिधि मनोनयन
पत्र र प्रतिनिधि शुल्क रू. १,०००/- २०७८ मंसिर १७ गते दिउँसो १:०० बजेभित्र बुझाई सक्नु पर्ने उल्लेख गरेको छ ।

१५ औ वार्षिक साधारण सभा खला सेसन हुने मिति, समय र स्थान : २०७८ मंसिर २२ गते बुधबार तदनुसार ८ डिसेम्बर २०२१
समय : बिहान ठीक ११:०० बजे स्थान: मल्हार हल, होटेल सोल्टी, ताहाचल, काठमाडौं हुदै गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.