Advertisement

यामाहाको एफजेड भि थ्री कनेक्ट एक्स नेपालमा

0 616

Advertisement

१६ कात्तिक, काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इंटरप्राइजेज यामाहाको एफ जेड भि थ्री कनेक्ट एक्स मोडल आजबाट आधिकारीक रुपमा नेपालमा ल्याएको छ ।

वि.सं. २०६५ मा एमएडब्लु प्रालीले यामाहाको एफ जेड-१६ पहिलो पल्ट ‘लर्ड अफ द स्ट्रीट’ नाराको साथ पहिलाेपल्ट नेपाली बजारमा ल्याएको थियाे ।

सन् २०१७ रोडीजको दोस्रो सिजनबाट ‘रोडीज शो’ सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ ।

र यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफ जेड एस भि थ्री एक्स कनेक्ट डिजाइन गरिएको कम्पनीले जानकारी दिएकाे छ ।

नेपाली बजार यसकाे मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ र यसमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ रहेको छ । जसमार्फत गुगल प्लेस्टोर र आइ ओ एसमा पाइने “यामाहा मोटरसाइकल कनेक्ट एक्स”निशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिनेछ ।

१। ब्लुटुथको सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्नु थाल्नेछ र हर्न बज्नु थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउन सक्नेछन् ।

२। यस प्रविधिको दोस्रो सुविधा रहेको छ, ‘इ-लक’ व्यवस्था । यो प्रविधिको रोचक कुरा के छ भने यदी तपाईंले इ-लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईंको मोटरसाइकलको चाबीले मात्र बाइक चालु गर्न स्कदैन । उसलाई तपाईंकाे इ-लक प्याट्रन पनि थाहा हुनुपर्दछ ।

३। त्यसैगरी ‘राइडिङ्ग हिस्ट्र’ यसको अर्काे ब्लुटुथ सुविधा हो । “राइडिङ्ग हिस्ट्री”द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

४। ‘पार्किङ रेकर्ड’ यसकाे अर्काे सुविधा रहेको छ जसद्वारा बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउनसक्नेछ ।

५। यसको अर्काे सुविधा रहेको छ ‘हजार्ड’ । ‘हजार्ड’ सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.