Advertisement

कार्तिक कृष्ण रमा एकादशीको के छ त महत्व?

0 448

Advertisement

१४ कार्तिक, काठमाडौं । मिति २०७८ साल कार्तिक १५ गते सोमबार कार्तिक कृष्णपक्ष रमा एकादशि तिथि प्रात: ९ / ३० वजेसम्म त्यस उप्रान्त गोवत्सद्वादशी तिथि आरम्भ भएको हुनाले धर्मराज युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा गर्दै सोधे हे भगवन ! कार्तिक कृष्ण एकादशीको नाम के हो ? यसको विधि के छ ? यो व्रत लिनाले के फल पाइन्छ।हजुरले विस्तारपूर्वक बताउनुहोस। भगवान श्रीकृष्णले भन्नु भयो – कार्तिक कृष्ण पक्षको एकादशीको नाम रमा एकादशी हो।यसले ठूला ठूला पापलाई नाश गर्ने सामर्थ्य राख्दछ । यसको माहात्म्य म तिमीलाई भन्दछु, ध्यानपूर्वक सुन। हे राजन ! प्राचीनकालमा मुचुकुन्द नाम गरेको एउटा राजा थिए ।उनको ईन्द्रसित मित्रता थियो र साथै यम, कुबेर, वरुण र विभीषण पनि उनका मित्र थिए। राजा मुचुकुन्द ठूलो धर्मात्मा, विष्णुभक्त र न्यायप्रिय शासक थिए।उनकी एउटी छोरी थिईन, छोरीको नाम चंद्रभागा थियो। उक्त कन्याको विवाह चंद्रसेनका पुत्र शोभनसित भएको थियो। एक पटक शोभन ससुराली आएको थियो।ऊ ससुराली आएकै समयमा पुण्यप्रदा एकादशी रमा एकादशी पर्ने भयो। जब व्रतको दिन नजीकिन थाल्यो, चंद्रभागाका मनमा अत्यन्त चिन्ता उत्पन्न भयो कि मेरा पति अत्यन्त दुर्बल छन र मेरे पिताको आज्ञा अति कठोर छ। दशमीका दिन राजाले ढोलक बजाएर संपूर्ण राज्यमा के घोषणा गरे भने एकादशीका दिन कसैले पनि भोजन गर्नु हुदैन।राजाको घोषणा सुन्नासाथ शोभनलाई अत्यन्त चिंता भयो र आफ्नी पत्नीलाई भन्नथाल्ल्यो- हे प्रिये !अब म के गरौ वा मैले के गर्नु उचित हुन्छ, म कुनै बेला पनि भोक सहन सक्दिन। प्रिये ! यस्तो उपाय बताऊ जसबाट मेरो प्राण बचोस, अन्यथा अवश्य मेरो प्राण जानेछ। चंद्रभागा आफ्ना पतिलाई सम्झाउँदै भन्नथाली- हे स्वामी ! मेरा पिताको राज्यमा एकादशीका दिन कसैले पनि भोजन गर्दैन। यहासम्म कि हाती, घोडा, ऊँट, बिरालो, गाई आदि पनि तृण, अन्न, जल आदि ग्रहण गर्दैनन, फेरि मनुष्यको त के कुरा गर्नु। यदि हजुर भोजन गर्न इच्छा राख्नु हुन्छ भने कुनै अर्कै स्थानमा जानुहोस, किनभने यदि हजुर यहीं रहन मन पराउनु हुन्छ भने हजुरले अवश्यमेव व्रत लिनै पर्छ। यस्ता कुरा सुनेर शोभन भन्नथाल्यो- हे प्रिये ! म अवश्य व्रत गर्छु, जे भाग्यमा हुन्छ, त्यही देखा जाएगा। यस्तो विचार गरेर शोभनले व्रत बस्ने निर्णय गर्यो र व्रतका दिन ऊ भोक र प्यासबाट अत्यन्त पीडित हुन लाग्यो। जब सूर्य नारायण अस्त हुनुभयो र रात्रिमा जागरणको समय आयो जुन वैष्णवलाई अत्यन्त हर्ष प्रदान गर्न सक्थ्यो, परंतु शोभनका लागि त्यो समय अत्यन्त दु:खदायी हुन पुग्यो। प्रात:काल हुन नपाउदै शोभनका प्राणपखेरु उडे। अनि राजाले सुगंधित काष्ठद्वारा त्यसको दाह संस्कार संपन्न गरे। परंतु आफ्ना पिताको आज्ञा लिएर चंद्रभागा आफू सती गइन र शोभनको अंत्येष्टि क्रियापछि पनि माइतमा नै बस्नथाली। रमा एकादशीको प्रभावले शोभनलाई मंदराचल पर्वतमा धन-धान्यले युक्त तथा शत्रुरहित एउटा सुंदर देवपुर प्राप्त भयो। ऊ अत्यन्त सुंदर रत्न र वैदुर्यमणि जटित स्वर्णका खंभामा निर्मित अनेक किसिमको स्फटिक मणिद्वारा सुशोभित भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मरबाट विभूषित, गंधर्व र अप्सराबाट युक्त सिंहासनमा आरूढ यसरी शोभायमान हुन्थ्यो मानौ अर्का इंद्र विराजमान छन। केही समय पछि मुचुकुंदकै नगरमा बस्ने एकजना सोम शर्मा नामक ब्राह्मण तीर्थयात्रा गर्दै घुम्दाघुम्दै मन्दराचल पर्वतमा पुगे र उनले शोभनलाई चिनेर यो त राजाको ज्वाई शोभन हो, भन्दै उसकै छेवैमा गए। शोभनले पनि ससुराली गाउका ब्राह्मणलाई चिनेर आफ्नो आसनबाट उठेर ब्राह्मणका छेउमा आई प्रणामादि गरी कुशल प्रश्न गरे। ब्राह्मणले भने राजा मुचुकुंद र हजुरकी पत्नी कुशलपूर्वक छन। नगरमा पनि सबैतिर आनन्दैआनन्द छ, परंतु हे राजन ! हामीलाई आश्चर्य भइरहेको छ। हजुर आफ्नो वृत्तांतको वर्णन गर्नुहोस कि यस्तो सुंदर नगर जुन कहिल्यै देखेको थिइएन, न त सुन्नमा नै आएको थियो, हजुरले कसरी प्राप्त गर्नुभयो? मुनिका जिज्ञासा शान्त पार्न शोभन सुमधुर अवाजमा भन्नथाल्यो – कार्तिक कृष्णपक्षको रमा एकादशीको व्रत बसेकाले मैले यो नगर प्राप्त गरेको हो, परंतु यो अस्थिर छ। हजुरले यो नगर स्थिर हुने उपाय गर्नुहोस। ब्राह्मणले पुनः जिज्ञासा राखे – हे राजन ! यो किन स्थिर छैन र कसरी यो स्थिर हुन पुग्छ?बताउनुहोस, त्यस पछि म अवश्यमेव यसलाई स्थिर बनाउने उपाय गर्नेछु। मेरो यस कुरालाई हजुरले मिथ्या नठान्नु होला। शोभनले भने मैंले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, अत: यो वैभव सबै अस्थिर छ। यदि हजुरले मुचुकुंदकी कन्या चंद्रभागालाई यी सबै वृत्तांत सुनाउनु भए यो स्थिर हुनसक्छ। उनले उक्त नगर स्थिर नरहेको कुरा पनि गरे। जसरी उक्त सुन्दर नगर स्थिर हुन सक्छ त्यस्तो उपाय गर्नु पर्छ। यस्ता वचन सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगर फर्किएर चंद्रभागासित सबै वृत्तांत भनी सुनाए। ब्राह्मणका वचन सुनेर चंद्रभागा ठूलो प्रसन्नताका साथ ब्राह्मणसित भन्न थाली- हे ब्राह्मण ! यी सबै कुरा हजुरले प्रत्यक्ष देख्नुभएको वा सपनाका कुरा गर्दै हुनुहुन्छ। ब्राह्मणले भने- हे पुत्री ! मैंले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो। साथै कसैद्वारा विजय हुन नसक्ने देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो। बाहुनका त्यस्ता अनौठा कुरा सुनेर चंद्रभागा फेरि भन्न थाली- हे विप्र ! हजुरले मलाई त्यहा लिई जानोस जहा मैले मेरा पतिदेवको दर्शन प्राप्त गर्छु। मैले आफूले गरेका पुण्यद्वारा त्यस नगरलाई स्थिर बनाई दिन्छु। हजुरले यस्तो कर्म गर्नोस जसबाट हामी दुईको मिलन होस, वियोगीलाई भेट गराउनु पनि ठूलो र महान पु्ण्य हो। सोम शर्मा यस्ता कुरा सुनेर चंद्रभागालाई लिएर मंदराचल पर्वतका समीपमा वामदेव ऋषिको आश्रममा गए। ऋषि वामदेवले संपूर्ण विवरण सुनेर वेदमन्त्रको उच्चारणद्वारा चंद्रभागाको अभिषेक गरे। अनि ऋषिको मन्त्रको प्रभाव र एकादशीको व्रतले गर्दा चंद्रभागाको शरीर दिव्य भयो र उनिले दिव्य गति प्राप्त गर्दी भइन। त्यसपछि असाध्यै प्रसन्नताका साथ चंद्रभागा आफ्ना पतिसमक्ष पुगिन। उता आफ्नी प्रिय पत्नी आउदै गरेको देखेर शोभन अति प्रसन्न भयो। उनलाई बोलाएर आफ्नो बायातर्फ बसाल्यो। चंद्रभागाले पतिलाई भनिन – हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस। माइतमा जब म आठ वर्षकी थिए तबदेखि विधिपूर्वक एकादशीको व्रतलाई श्रद्धापूर्वक लिदै आएकी छु। यस पुण्यको प्रतापबाट हजुरको यो नगर स्थिर हुनेछ तथा समस्त कर्मबाट युक्त भई प्रलयको अन्त्यसम्म रहनेछ। यसरी चंद्रभागा दिव्य आभूषण र वस्त्रबाट सुसज्जित भएर आफ्ना पतिका साथमा आनंदपूर्वक बस्न थाली। हे राजन ! यो मैले रमा एकादशीको माहात्म्य बताए, जो मनुष्यले यस व्रतलाई श्रद्धापूर्वक लिन्छन, तिनको ब्रह्महत्यादि समस्त पाप नष्ट हुनपुग्छ। जो मनुष्यले यस माहात्म्यलाई पढने र सुन्ने मात्र गर्दछन, ऊ समस्त पापबाट छूटकारा पाई विष्णुलोकमा पुग्दछ।
पं बालमुकुन्द देवकोटा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.