Advertisement

आईसीसी टी २० विश्वकप : अस्ट्रेलियामाथि इङ्ल्याण्डको सहज जित

0 567

Advertisement

१४ कार्तिक, काठमाडौं । आईसीसी टी २० विश्वकप अन्तर्गतको खेलमा इङ्ल्याण्डले अस्ट्रेलियालाई हराएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो । अस्ट्रेलियाको टीम प्रारम्भमा बलरहरूसंग असफल भयो भने पछि जोश बटलरको विष्फोटक ब्याटिङमा पराजित हुन पुग्यो ।

टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाए। १२६ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ११.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाउनु बाहेर सुरुवाती ब्याट्सम्यानहरुले दोहोरो अंकसमेत जोड्न सकेनन्। उनी बाहेक एस्टोन एगोरले २० रन बनाउँदा म्याथिउ वेडेले १८ रनको योगदान दिए। त्यस्तै मिचेल स्टार्कले १३ र प्याट कमिङ्सले १२ रन जोडे ।

अस्ट्रेलियालाई सस्तैमा समेट्न क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा क्रिस ओएक्स र टाइमल मिल्सले समान २÷२ विकेट लिए । त्यस्तै आदिल रशिद र लिआम लिभिङस्टोनले समान १÷१ विकेट लिए ।

जारी विश्वकपमा लगातारी तेस्रो जित निकालेको इङ्ल्याण्ड सेमिफाइनलको नजिक पुगेको छ । अर्कोतर्फ अस्ट्रेलियाले प्रतियोगितामा पहिलो हार ब्यहोरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.