Advertisement

अत्यधिक दोहनले जमिन भासिँदै

0 927

Advertisement

१३ कार्तिक, काठमाडौं । माइतीघर–तीनकुने सडक खण्डको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा सोमबार ठूलो खाल्डो प–यो ।

अन्तर्राष्ट्रियस्तरको निर्माण गरिएको भनिएको सो सडकमा एउटा पूूरा लेन नै ढाक्ने गरी पाँच मिटर लम्बाइ, त्यत्ति नै मिटर चौडाइ र करिब पाँच फिट गहिरो खाल्डो परेको देखियो ।

त्यसैगरी एक वर्षअघि २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडककै बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो परेको थियो । राजधानीमा सडक भासिने यो दुईवटा घटना उदाहरण मात्र हुन् । राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ ।

आखिर किन भासिन्छन् राजधानीका सडकहरू? किन सडकमा पर्ने गर्छन् खाल्डो भन्ने जिज्ञासामा गुणस्तरहीन सडक र खानेपानी पाइप तथा ढल निर्माणको काम हुनु तथा दिनहुँ भइरहेको जमिनमुनिको पानीको दोहन, सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ ।

दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटो भाग नै भासिँदै गएको उनीहरूको धारणा छ । नेपाल सरकारका पूर्वसहसचिव तथा वरिष्ठ इन्जिनियर राजेन्द्र शर्माले सडक तथा ढलको गुणस्तरहीन निर्माण तथा निर्माणको क्रममा हुने गरेको हेलचेक्र्याइँ नै सडक भासिनु र सडकमा खाल्डो पर्नुको मुख्य कारण रहेको बताए।

उनले भने, “सडकमुनि ढल बनाउँदा पाइप÷पाइपबीच र पाइप र भड्खालोबीच हुने जोर्नी राम्रोसँग ‘सिल’ नहुँदा पानी चुहिने गरिन्छ । यसरी चुहिने पानीले तलको माटो, बालुवालाई बगाउँदा त्यहाँ खाली ठाउँ हुन्छ र माथिबाट सवारीसाधन गुड्दा सडक भासिने र भड्गालो पर्ने गर्दछन् ।” राजधानीको धेरैजसो सडक भासिने र भड्खालो पर्न सक्ने उनको बुझाइ छ ।

प्राविधिक ज्ञान नभएका कामदारको भरमा निर्माण कार्य हुनु, निर्माण कार्यको अनुगमन नहुनुजस्ता हेलचेक्र्याइँले गुणस्तरहीन निर्माण हुँदा यस प्रकारको समस्या आउने गरेको उनको धारणा रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.