Advertisement

सेती प्रादेशिक अस्पताललाई भेन्टिलेटर

0 622

Advertisement

१२ कात्तिक, सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेशन (हेक्याफ)ले धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पाँच थान भेन्टिलेर निःशुल्क उपलब्ध गराएको छ ।

बिहीबार आयोजित कार्यक्रममा ‘हेक्याफ’का निर्देशक श्रीरामसिंह बस्नेतले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलाई ती भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । मेसु डा पाण्डेयले स्तरीय भेन्टिलेटर यति ठूलो परिमाणमा अस्पताललाई पहिलोपटक सहयोग प्राप्त भएको बताउँदै उक्त संस्थाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ को महामारीले हामीलाई ठूलो पाठ सिकाएको छ, स्तरीय खालको भेन्टिलेटर पाउँदा उपचारमा केही सहज हुनेछ ।”

निर्देशक बस्नेतले कोभिड–१९ को महामारीपछि नेपाल सरकारले सहयोगका लागि विश्वव्यापी रुपमा गरेको आग्रहबमोजिम हेक्याफको पहलमा सेवामूलक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चुजी फाउण्डेशनबाट भेन्टिलेटर प्राप्त भएको बताउनुभयो । तेस्रो लहरको कोरोना भाइरस फैलिए बालबालिकालाई बढी असर पार्न सक्ने भनिएको छ, उहाँले भन्नुभयो, दातृ निकायसँग समन्वय गरेर उपलब्ध गराइएको भेन्टिलेटर बालबालिकासहित सबै उमेरका नागरिकको उपचारमा प्रयोग गर्न मिल्ने भनिएको छ ।”

हेक्याफले स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर देशभरिका विभिन्न अस्पतालमा जम्मा २६५ थान यस्ता भेन्टिलेटर उपलब्ध गराउन लागेको छ । प्रतिगोटा यो भेन्टिलेटरको बजार मूल्य झण्डै रु २२ लाख पर्ने बताइएको छ । तीन दिनअघि कञ्चनपुरको महाकाली अस्पतालमा दुई थान भेन्टिलेटर उपलब्ध गराएको उक्त संस्थाले यसअघि पनि विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो ।

ती उपकरणको सञ्चालनमा दक्ष जनशक्तिको अभाव हुँदा समस्या भइरहेको बताइएको छ । सुदूरपश्चिम प्रदेशका धेरै अस्पतालमा यस्तो समस्या झेल्नुपरेको छ ।मेसु डा पाण्डेयले भन्नुभयो, कोरोनाको समस्यापछि अस्पतालमा बिरामीको उपचारका लागि यस्ता उपकरण प्राप्त भइरहे पनि दक्ष जनशक्ति नहुँदा स–सानो समस्याले त्यसै उपकरण थन्क्याएर राख्नुपर्ने समस्या छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.