Advertisement

म्याग्दीका कलमी सुन्तला बजारमा

0 455

Advertisement

११ कात्तिक, गलेश्वर । म्याग्दीको बाँस्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ । म्याग्दीको बेनी नगरपालिका–४बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला खरिद गर्न व्यापारी आउने क्रम सुरु भएको त्यहाँका अगुवा किसान तिलक गुरुङले बताउनुभयो ।

उहाँका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ६५ मा सुन्तला बिक्री गरिरहेका छन् । सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको १८ सय केजी सुन्तला सदरमुकाम बेनी, पोखरा, काठमाडौँ लगायतका बजारमा बिक्री गरेका छन् ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादनमा जोड दिएको किसानले प्रतिकिलोग्राम रु ९५ देखि एक सयसम्म पर्ने गरी बजारमा बिक्री गरेको सुन्तला किसान सन्दिप केसीले बताउनुभयो ।

बास्कुनाबाट केसीसहित अगुवा किसान भीम थापा, रुपा गुरुङ, दलबहादुर कार्की, तिलक गुरुङलगायतको बगैँचाबाट कलमी सुन्तला बिक्री भइरहेको छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रु १५० र काठमाडौँमा रु १८० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.