Advertisement

सेवा प्रदायकहरुले विगत ५ वर्षमा कति रोयल्टी र फ्रिक्वेन्सी दस्तुर बुझाए?

0 792

Advertisement

०८ कार्तिक, काठमाडौं । नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले बुझाएको विगत ५ वर्षको रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा फ्रिक्वेन्सी दस्तुरको प्रवृत्ति मिश्रित रहेको पाइएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार फ्रिक्वेन्सी दस्तुर घट्ने-बढ्ने हिसाबले अघि बढेको छ भने ग्रामीण दूरसञ्चार विकास कोषको रकम अलिलि बढ्दै गएर अन्त्यमा घटेको पाइएको छ।

यसै क्रममा रोयल्टी रकमको प्रवृत्ति भने समग्रमा घट्दो क्रममा गएको देखिन्छ।

यी सेवा प्रदायकहरुले विगत ५ वर्ष अर्थात् आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टीमार्फत् क्रमश: ८ अर्ब ६६ करोड ४० लाख ६१ हजार, ९ अर्ब ४६ करोड ८७ लाख ९३ हजार, ८ अर्ब ७३ करोड ९३ हजार, ९ अर्ब ८२ करोड ६२ लाख १७ हजार तथा ९ अर्ब २ करोड ८० लाख ६५ हजार, रुपैयाँ दाखिला गरेका छन्।

यस्तो छ पाँच वर्षको तालिका

२०७२/७३२०७३/७४२०७४/७५२०७५/७६२०७६/७७
फ्रिक्वेन्सी दस्तुर२३४१२.६१३०७९१.३०२३०१३.४५३८७६३.०६३७२९९.८०
आरटीडीएफ२०१५९.२९२०६४०.००२२५९९.०२२००३६.६२१७६६८.५९
रोयल्टी४३०६८.७१४३२५६.६३४१६८८.४६३९४६२.५०३५३१२.२७
जम्मा८६६४०.६१९४६८७.९३८७३००.९३९८२६२.१७९०२८०.६५

*सबै रकम लाखमा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.