Advertisement

टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डको शानदार जित

0 361

Advertisement

०७ कार्तिक, काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले विजयी शुरूवात गरेको छ ।

दुबईमा शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराउदै इंग्ल्यान्डले विजयी शुरूवात गरेको हो ।

इंग्ल्यान्डले टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराएको यो पहिलो पटक हो ।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै २४ रन बनाए । कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे ।

मोइन अली ३ र लियाम लिभिङस्टोन १ रनमा आउट भए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.