Advertisement

बलिउड अभिनेता सुनिल सेट्टी नेपाली चलचित्रमा

0 954

Advertisement

०५ कार्तिक, काठमाडाैं । नेपाली चलचित्र ‘एक्स ९’मा बलिउड अभिनेता सुनिल सेट्टीलाई अभिनय गराउन यसको निर्माण टीम जोडतोडले लागिपरेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्टले सुनिललाई भेटेरै अभिनयको अफर राखिसकेका छन् ।

उनका अनुसार सुनिल चलचित्रमा अभिनय गर्न राजी भएका छन् । निर्देशक भट्टले बुधबार मात्रै फेसबुकमा एक स्टाटस लेख्दै सुनिल चलचित्रका लागि फाइनल भएको उल्लेख गरेका छन् ।

हामीकहाँ कलाकारको स्टारडमलाई दाउमा राख्ने प्रवृत्ति जारी छ । फलानो हिरो वा हिरोइनलाई लिएमा चलचित्र बबाल चल्छ भन्ने मानसिकता छ । यही मानसिकताको कारण अनमोल केसीहरुको भाउ आकासिएको छ । अझ, बलिउडकर्मीलाई तान्न सकिए चलचित्रले तहल्का मच्याउँछ भन्ने सोंच हावी देखिन्छ ।

यसअगाडि पनि नेपाली चलचित्रमा बलिउड कलाकारले अभिनय नगरेका होइनन् । दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम नृत्य गरेकी थिइन् । सन्नीका कारण पनि प्रदर्शनअगाडि निकै चर्चामा रहेको यो चलचित्रले हलमा भने अपेक्षित दर्शक तान्न सकेन् । न त, चलचित्रको नै चर्चा भयो ।

एकताका मनिषा कोइराला बलिउडमा चम्किएकी थिइन् । शाहरुख, सलमान, आमिर जस्ता खानदेखि अनिल कपूर, अजय देवगण जस्ता अधिकांश सुपरस्टारसँग उनले काम गरिन् । उनै मनिषालाई दीपेन्द्र के. खनालले नेपाली चलचित्र ‘धर्मा’मा प्रवेश गराए । तर, अपेक्षाकृत यो चलचित्र चलेन ।

सुनिल सेट्टी भलै बलिउड स्टार हुन् । तर, उनको स्टारडमले चलचित्र चल्छ भन्नेमा ढुक्क हुन सकिदैन । सुनिल सेट्टीको के कुरा, शाहरुख, सलमान जस्ता सुपरस्टारकै भरमा पनि चलचित्र चलेका छैनन् । यसका लागि धेरै गहिरिएर सोँचिरहनु पर्दैन । पछिल्लो पटक प्रदर्शन भएका हिन्दी चलचित्रहरुकै जोडघटाउ केलाए पुग्छ ।

बरु, त्यस्तो स्टारडम नभएका आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता अभिनेताहरुको चलचित्रहरुले धमाधम बजार कब्जा गरिरहेका छन् । यसले के पुष्टि गरिरहेको छ भने दर्शकहरु चलचित्रमा अनुहार होइन त्यसको कन्टेन्ट र प्रस्तुतीमा आकर्षित हुन्छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.