Advertisement

ताप्लेजुङमा दूर–सञ्चार सेवा अवरुद्ध

0 1,161

Advertisement

०५ कात्तिक,फुङ्लिङ । ताप्लेजुङमा पाँच दिन अघिदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवा अझै सुचारु हुन सकेको छैन ।

बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूर सञ्चार सेवाअन्तर्गत ल्याण्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा अझै सुचारु नभएको हो ।

सोमबार रातिदेखि विभिन्न निजी सेवा प्रदायक तथा नेपाल टेलिकमद्वारा सञ्चालित दूर सञ्चार सेवा अवरुद्ध बनेको छ । बेमौसमको वर्षा अर्थात आइतबारदेखि बुधबार साँझसम्म अविरल पानी परेकाले अप्टिकल फाइबरमा समस्या आएकाले सेवा अवरुद्ध बनेको बताइएको छ । नेपाल टेलिकम कार्यालय ताप्लेजुङका प्राविधिक दिपेन खवासका अनुसार अविरल वर्षापछि पानी जमेका कारण इटहरी र विराटनगर तथा इलामको फिक्कलमा अप्टिकल फाइबरमा समस्या आएपछि सेवा अवरुद्ध बनेको हो ।

अप्टिकल फाइबर र टेलिकमको अन्य प्रविधिमा आएको समस्या समाधानका लागि काम जारी रहे पनि सेवा सुचारु हुन नसकेको खवासले बताउनुभयो । उहाँका अनुसार नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा वितरित एक हजार १०० बढी ल्याण्डलाइन टेलिफोन, इन्टरनेट सेवा प्रायःठप्प बनेको छ । यस्तै टेकमाइनलगायत निजी सेवा प्रदायक कम्पनीका इन्टरनेट सेवा पनि अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

जिल्लाभर टेलिफोन, एनटीसी मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् । टेलिफोन सम्पर्कका लागि एनसेल मोबाइल सामान्य चलेपनि इन्टरनेट नचल्दा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा प्रवाहमा अवरोध सिर्जना भएको छ । इन्टरनेट नचलेकाले तीन दिनदेखि बैङ्किङ सेवा अवरुद्ध हुँदा जिल्लामा आर्थिक कारोबार ठप्प भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.