Advertisement

भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए

0 570

Advertisement

०५ कार्तिक, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै ११८ जना रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.