Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

५७४ जना नयाँ सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

0 155

 ०५ कार्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २५३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार १२३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९३२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म ११ हजार ३३७ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन् । त्यस्तै नेपालमा हाल १० हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.