Advertisement

अरुण-४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

0 675

Advertisement

०५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो । माथिल्लो अरुणको निर्माणको तयारीमा जुटेको प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अरुण ४ पनि प्राधिकरणमार्फत निर्माण गर्न प्रस्ताव गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताए । अब प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजनाको निर्माण गर्नेछ ।

माथिल्लो अरुण प्राधिकरणले ‘डिटेल इन्जिनियरिङ’ गरिरहेको एक हजार मेगावाटको आयोजना हो भने विद्युत् विकास विभागले अध्ययन गरिरहेको अरुण–४, ४९० मेगावाटको अर्को आयोजना हो ।

प्रदेश–१ को संखुवासभाको भोटखोला र मकालु गाउँपालिका भएर बग्ने अरुण नदीको पानी प्रयोग गरेर अरुण ४ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।

यो आयोजना नदी प्रवहामा आधारित( आरओआर)मा निर्माण गरिनेछ । अरुण नदी र लेक्सुवा खोलाको दभानभन्दा १३० मिटर दक्षिण तथा कपासे र गोला बस्तीभन्दा उत्तरतर्फ १४ मिटरको बाँध बााधेर नदीलाई २.५५७ किलोमिटरको सुरुङ बनाउन प्रस्ताव गरिएको छ ।

सुरुङको पानीलाई भोगखोला गाउँपालिका ४ लामीवगरमा भूमिगत डिसेन्डरमा लैजाने योजना छ ।

सो स्थानबाट पानीनलाई पुनः मकालु गाउँपालिका-३ हुँदै ६.८२४ किलोमिटर लामो सुरुङबाट सजुवाबेसीमाबन्ने भूमिगत विद्युत गृहमा खसाउने योजना छ । विद्युत उत्पादनपछि ४७३.४ मिटर लामो टेलरेस सुरुङमाट सो पानीलाई फेरि अरुणमा खसाल्ने गरी आयोजनाको अध्ययन भएको छ।

यो आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहनेछ । निर्माणका लागि ४६ हेक्टर सरकारी र ३९ हेक्टर निजी जमिन प्रयोग हुनेछ । अरुण नदीमा अरुण तेस्रो र तल्लो अरुण भारतीय कम्पनी सतलज विद्युत निगमले बनाउन जिम्मा पाएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.