Advertisement

सात दिनमा सरकार ढाल्ने ओलीको चेतावती आवेगको हो कि विवेकको हो? – विश्वप्रकाश शर्माको प्रश्न

0 466

Advertisement

०५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा सँगै नभए पनि मुलुक संकटमा भएका बेला सँगै रहन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले ‘सात दिनमा सरकार ढाल्न सक्छौं’ भनेर बिहीबार दिएको अभिव्यक्तिलाई लिएर प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

प्रवक्ता शर्माले एमाले अध्यक्ष ओलीलाई भने, ‘कम्तीमा विपदका बेला सरकारलाई रचनात्मक सुझाव दिनुहोस्। आवेगमा जे मन लाग्यो त्यै बोल्दै नहिँड्नुहोस्।’

शर्माले कोरोनाको संकटका बेला एमाले सरकारमा हुँदा नेपाली कांग्रेस प्रतिपक्षमा रहेको स्मरण गर्दै नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारलाई कोरोना राहत कोषमा पचास लाख रूपैयाँ उपलब्ध गराएर सहयोग गरेको बताए।

ओलीले बाढीपहिरोका कारण देशमा परेको संकटका बेला ‘सात दिनमा देउवा नेतृत्वको सरकार एमालेले ढाल्न सक्ने’ भनेर दिएको अभिव्यक्ति ‘आवेगले हो या विवेकले भन्नुभएको हो’ भनी आफूले छुट्याउन नसकेको शर्माले बताए।

झापाको दमकमा बिहीबार नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाटमा नेता शर्माले भने, ‘यो विपदको बेला आवेगले होइन, विवेकले काम गर्नुपर्छ।’

उनले सरकार बनेको एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्थाका विषयमा समेत पूर्वप्रधानमन्त्री ओली जानकार नहुनु दु:खद् भएको टिप्पणी गरे।

कांग्रेस नेतृत्वको वर्तमान सरकार गठनको सय दिन पूरा भएको प्रसंग जोड्दै शर्माले यो सरकारले पहिलो प्राथमिकता कोरोनाविरूद्धको खोपलाई राखेर अघि बढेको र अधिक नेपालीले खोप लगाइसकेको बताए।

अझै पनि सरकारको प्राथमिकतामा खोप रहेकाले आम नेपालीले खोप लगाउने प्रक्रिया पूरा नभएसम्म सरकारले निरन्तर काम गर्ने बताए।

देशभरको तुलनामा प्रदेश १ मा वर्षा र हावाहुरीको प्रभाव धेरै परेको भन्दै नेता शर्माले किसानहरूको धानबालीमा पुगेको क्षतिको विवरण संकलन गरेर सरकारले किसान लक्षित राहतको प्याकेज ल्याउने पनि आश्वसन दिए।

सरकारले मृतकका परिवार र बाढी विस्थापित परिवारलाई नगद राहतको घोषणा गरिसकेको भन्दै प्रवक्ता शर्माले किसानले धान खेतीमा व्यहोर्नुपरेको नोक्सानीलाई आधार बनाएर राहतको प्याकेज ल्याउनका लागि कांग्रेसले सबै दलसँग छलफल र दातृ निकायहरूसँग सहयोगको अपिल गर्ने बताए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.